२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

२ माघ २०८१, बुधबार १२:५२

सियोल | अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सीएनएनले जनाएको छ ।

‘संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०ः३३ बजे पक्राउ गरेको हो,’ अल जजिराले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यदि उनीमाथिको आरोप प्रमाणित भएमा दक्षिण कोरियाको संविधानअनुसार युनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ ।

सीएनएनका अनुसार हप्तौँदेखि प्रहरीले उनलाई गिरफ्तार गर्न खोजीरहेको भएपनि राष्ट्रपतिको सुरक्षार्थ खटिएका सेनाको टोलीले उनको निवासको सुरक्षा गरिरहेको र उनलाई पक्राउ गर्न अवरोध सिर्जना गरिरहेको थियो ।

अल जजिराका अनुसार पक्राउ पर्नुअघि रेकर्ड गरिएको एक भिडियो सन्देशमा युनले सैनिक शासन लागू गर्न असफल भएको भन्दै सुनुवाइका लागि जाने बताएका थिए ।

‘मैले भ्रष्टाचार अनुसन्धान कार्यालयलाई जवाफ दिने निर्णय गरेँ’, युनलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ, ‘उनले अनुसन्धानको वैधानिकता स्वीकार गर्नुभएको थिएन तर ‘कुनै पनि दुर्भाग्यपूर्ण रक्तपात रोक्न’ अनुसन्धानमा सहभागी हुनेछ ।’

अल जजिराका अनुसार समर्थकसहित सयौं मानिस युनको घर बाहिर भेला भएका थिए भने सत्तारुढ कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टीका सांसद र युनका वकिलको एक समूहले पनि आवासीय परिसरभित्र गिरफ्तारी रोक्न प्रयास गरेका थिए।

सिएनएनका अनुसार प्रहरी र रक्षा मन्त्रालयसँग मिलेर अनुसन्धान गरिरहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले पहिलो पटक यसै महिनाको सुरुमा उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो तर सैनिक र राष्ट्रपतिको सुरक्षासदस्यहरूले ८० जना प्रहरी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रपति भवनसम्म पुग्नबाट रोकेपछि यो असफल भएको थियो।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई बढीमा ४८ घण्टा थुनामा राख्न सक्छ । अल जजिराका अनुसार राष्ट्रपतिलाई हिरासतमा राख्न वारेन्टका लागि निवेदन दिने वा नदिने भन्ने विषयमा उनीहरूले निर्णय गर्नुपर्ने हुन्छ ।

दक्षिण कोरियाको एक अदालतले हालैका हप्ताहरूमा अनुसन्धानकर्ताहरूले सहयोगका लागि अनुरोध गरेको तीन पटकसम्म पेस गर्न असफल भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि गत वर्ष डिसेम्बर १४ मा युनलाई राष्ट्रिय सभाले देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेको भन्दै महाभियोग लगाएको थियो । दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा २०४ मतका विरुद्ध ८५ मत दिएका थिए ।

महाभियोग लगाएपछि युनलाई पदबाट निलम्बित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य