लोकेन्द्र प्रशाद जोशी/साउन १, दार्चुला । दार्चुलामा भिरबाट खसेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीकी २१ वर्षिय मिना पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शनिबार घर नजिकैको वनमा घास काट्ने वेला भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर लाल बहादुर साउदले जानकारी दिनुभयो । मृतक पन्त कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।