२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी

२०८१, ६ माघ आईतवार १३:४२

धनगढी । नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उनको आरोप छ । उनले भने, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुन् । उनी आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नू भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्न भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’

उनले अगाडि भने, ‘ यदि त्यसो गरिन्छ भने म त्यसको घोर भर्त्सना गर्दछु । म भेट्न गएको हो । कुनै पार्टीमा गएको होइन । म त अहिलेसम्म एमालेमै छु । निकालिएको बारे कसैले जानकारी पनि दिएको छैन ।’

एमाले जिल्ला सचिवालय बैठकले तपाई बाबुछोरालाई पार्टीबाट निष्कासनको लागि उपल्लो तहलाई सिफारिस नै गरिसकेको छ नि भन्ने जिज्ञासामा पूर्वमन्त्री सुवेदीले त्यसलाई एमालेको स्वेच्छाचारिता र निरंकुशताको पराकाष्ठाको संज्ञा दिए ।

भीम रावलको पक्षपोषण गर्दै उनले अगाडि थपे, ‘भीम रावलले के अपराध गरेको छ र त्यस्तो ? देशद्रोही, राज्यद्रोही होइन । के गरेका छन् र उनले ? उनलाई भेट्नै नहुने ? उहाँ एउटा राष्ट्रवादी, असल, स्वच्छ छविको नेता हो । उहाँ सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता हो । उनलाई भेट्दैमा कारबाही गरिन्छ भने, ठिक छ । उनीहरू नै पार्टी चलाउन् ।’

सुवेदीले आफूलाई जबरजस्ती गरिएकै हो भने भीम रावललाई सम्मान गर्दै उनकै मातृभूमि जागरण अभियानलाई सघाउने समेत बताए ।

‘भीम रावललाई भेट्दैमा उतै लागेको आरोप लगाइन्छ भने, समाचारमा आए जस्तो कारबाही गरिएकै हो भने भीम रावललाई समर्थन हो । उहाँको अभियानलाई समर्थन नै हो । उहाँकै पक्षमा उभिन्छु’, उनले भने, ‘त्यस्तो गलत प्रवृत्तिको विरुद्ध हिजो पनि बोलेको हुँ । आज पनि बोल्छु । भोलि पनि बोलिरहन्छ । भेट्दैमा कारबाही गरिन्छ भने, कारबाही भोग्न पनि तयार छु । के कारबाही गर्छन् र उनीहरूले ? मेरो के पद जाने हो र ? मेरो ३० वर्षको सङ्गठित सदस्यता खोसेर खान्छन् भने मेरो केही आपत्ति छैन ।’

एमाले कैलालीको शनिवार बसेको जिल्ला सचिवालय बैठकबाट पूर्वमन्त्री सुवेदी र उनका छोरा तथा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु