२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी

६ माघ २०८१, आईतवार १३:४२

धनगढी । नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उनको आरोप छ । उनले भने, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुन् । उनी आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नू भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्न भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’

उनले अगाडि भने, ‘ यदि त्यसो गरिन्छ भने म त्यसको घोर भर्त्सना गर्दछु । म भेट्न गएको हो । कुनै पार्टीमा गएको होइन । म त अहिलेसम्म एमालेमै छु । निकालिएको बारे कसैले जानकारी पनि दिएको छैन ।’

एमाले जिल्ला सचिवालय बैठकले तपाई बाबुछोरालाई पार्टीबाट निष्कासनको लागि उपल्लो तहलाई सिफारिस नै गरिसकेको छ नि भन्ने जिज्ञासामा पूर्वमन्त्री सुवेदीले त्यसलाई एमालेको स्वेच्छाचारिता र निरंकुशताको पराकाष्ठाको संज्ञा दिए ।

भीम रावलको पक्षपोषण गर्दै उनले अगाडि थपे, ‘भीम रावलले के अपराध गरेको छ र त्यस्तो ? देशद्रोही, राज्यद्रोही होइन । के गरेका छन् र उनले ? उनलाई भेट्नै नहुने ? उहाँ एउटा राष्ट्रवादी, असल, स्वच्छ छविको नेता हो । उहाँ सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता हो । उनलाई भेट्दैमा कारबाही गरिन्छ भने, ठिक छ । उनीहरू नै पार्टी चलाउन् ।’

सुवेदीले आफूलाई जबरजस्ती गरिएकै हो भने भीम रावललाई सम्मान गर्दै उनकै मातृभूमि जागरण अभियानलाई सघाउने समेत बताए ।

‘भीम रावललाई भेट्दैमा उतै लागेको आरोप लगाइन्छ भने, समाचारमा आए जस्तो कारबाही गरिएकै हो भने भीम रावललाई समर्थन हो । उहाँको अभियानलाई समर्थन नै हो । उहाँकै पक्षमा उभिन्छु’, उनले भने, ‘त्यस्तो गलत प्रवृत्तिको विरुद्ध हिजो पनि बोलेको हुँ । आज पनि बोल्छु । भोलि पनि बोलिरहन्छ । भेट्दैमा कारबाही गरिन्छ भने, कारबाही भोग्न पनि तयार छु । के कारबाही गर्छन् र उनीहरूले ? मेरो के पद जाने हो र ? मेरो ३० वर्षको सङ्गठित सदस्यता खोसेर खान्छन् भने मेरो केही आपत्ति छैन ।’

एमाले कैलालीको शनिवार बसेको जिल्ला सचिवालय बैठकबाट पूर्वमन्त्री सुवेदी र उनका छोरा तथा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट