२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पूर्वश्रममन्त्री अर्यालको निर्देशन प्रभाव: कोरिया जाने श्रमिकलाई ७० हजार सस्तो

श्रमिक माथि आर्थिक भार थोपरेर हवाई टिकटमा सिन्डिकेट भईरहेको थाहा पाएपछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले ध्यानाकर्षण गर्दै तत्काल आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका थिए
६ माघ २०८१, आईतवार १७:२२

काठमाडौँ । पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको निर्देशनसंगै नियमित ध्यानाकर्षणको प्रभावले कोरिया रोजगारमा जाने युवाहरुले सस्तो हवाई मूल्यमा कोरिया रोजगारमा जान पाउने भएका छन् ।

कोरिया जाने नेपाली श्रमिक अब ५५ हजार मै उड्न पाउने भएपछि खुसि भएका छन् । श्रममंत्री हुँदा डिपी अर्यालसँग कोरिया जान हवाई भाडादरमा मनपरी भएको सम्बन्धमा ध्यानाकर्षण भएपछि पुर्व श्रममन्त्री अर्यालले हवाई भाडामा भएको मनपरी हटाउन आवश्यक निर्देशन दिएका थिए । तात्कालिन समयमा बिभिन्न अधिकारीहरुसँग मिलिमतो गरि कोरिया जाने नेपाली श्रमिकबाट युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रा.लिले चर्को शुल्क असुलेको थियो । तर अब भने कोरिया जाने श्रमिकले जम्मा ५५ हजार रुपैयाँमा कोरिया रोजगारमा उड्न पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले एकतर्फी हवाई टिकट आपूर्तिका लागि गत कात्तिक १३ गते बोलपत्र आह्वान गरेको थियो । टेन्डर प्रक्रियामा युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले पाएको छ । उसले अब प्रति श्रमिक भ्याटसहित ५४ हजार ९९१ रुपैयाँमा उडाउने सर्तमा प्रति कामदार हवाई भाडा सुनिस्चित गर्नु पर्नेछ ।

युनिभर्सल त्यही एजेन्सी हो जसले यसअघि १ लाख २५ हजारसम्म असुलिरहेको थियो । अझ कतिपय श्रमिकले टिकट नपाएपछि डेढ लाखसम्म तिर्नु परेको गुनासो गरेका थिए । यसरी श्रमिक माथि आर्थिक भार थोपरेर हवाई टिकटमा सिन्डिकेट भईरहेको थाहा पाएपछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले ध्यानाकर्षण गर्दै तत्काल आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका थिए । त्यसपछि टेन्डर प्रक्रियाको काम अगाडी बढेको थियो ।
सरकारबाट फिर्ता भएपछि पनि अर्यालले आफू सदस्य रहेको उद्योग तथा वाणज्यि र श्रम तथा उपभोक्ता हित समतिमा यस सम्बन्धमा पटक-पटक श्रममन्त्री र सचिवको ध्यनाकर्षण गराएका थिए ।

बोलपत्र स्वीकृत भएसँगै कोरिया जाने श्रमिकहरुको झण्डै ७० हजार रुपैयाँ जोगिएको छ । यो निर्णयको कोरिया जाने श्रमिकहरुले स्वागत गरेका छन् । यद्यपि टिकट नपाउने समस्या देखाएर कामदारबाट अवैध रुपमा थप रकम असुल्ने कार्य हुनेमा आशंका उब्जिएको छ । टेन्डरपछि ५५ हजारमै श्रमिक उडाउन सक्ने युनिभर्सलले बर्षौं मच्चाइरहेको लुट र सिन्डिकेटका विषयमा बर्तमान सरकार मौन बस्न नहुने आवाज उठाइएको छ ।

आफू श्रममन्त्री हुँदा अर्यालले वैदेशिक रोजगारमा जाने युवाहरुले चर्को लागत तिर्नु परेको विषय तत्काल समाधान गर्नुपर्ने विषयलाई राष्ट्रिय सभाको बैठकमा आफ्नो सम्बोधनको मुख्य विषय बनाएका थिए । उनले श्रम स्वीकृति नवीकरण गर्दा लामो समयसम्म झुलाईने गरेको अवस्थालाई व्यवहारिक समाधान गर्दै एकै घण्टामा श्रम स्वीकृति लिन सक्ने वातावरण बनाएर श्रमिकमैत्री काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान