2026-09-06 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एरोस्पेस इन्जिनियरको जागिर छाडेर बनेका कुम्भ मेलाका भाइरल बाबा आश्रमबाटै निष्कासित

काठमाडौँ | १४४ वर्षपछि भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भाइरल बनेका आईआईटियन बाबालाई आश्रमबाट निष्कासित गरिएको छ । इन्जिनियर पेसा छोडेर सन्यासी बनेका अभय सिंहलाई सन्तहरू बस्ने जुना अखडाबाट निकालिएको हो ।

अभयले आफ्ना गुरु महानन्त स्वामेश्वर पुरीलाई ‘पागल’ भनेको रिल इन्टाग्राममा भाइरल बनेको थियो । उनले आफ्ना बुबालाई ‘हिरण्यकश्यप’ (पौराणिक कथाका दानव राजा) भनेका थिए ।

उक्त भिडिओ भाइरल भएपछि गुरुको अपमान गरेको भन्दै आश्रम आसपास समेत रहन नपाउने गरी उनलाई शनिबार निकालिएको हो । आफ्नो गुरुको सम्मान गर्ने मात्र सन्त बन्न सक्ने भन्दै सिंहमाथि गुरु-शिष्य नियमको उल्लङ्घन गरेको आरोप लगाइएको छ । गुरुको अपमान गर्नु सनातन धर्मप्रतिको अविश्वास रहेको बताइएको छ । ‍ उनले गुरु-शिष्य नियम बुझेर पालना नगरेसम्म आश्रममा प्रवेश निषेध गरिएको हो ।

भारतको हरियाणा घर भएका अभय सिंह पेसाले एयरोस्पेस इन्जिनियर थिए । भारतको उत्कृष्ट इन्जिनियरिङ कलेज आईआईटी बम्बई (IIT Bombay) मा पढेका उनी क्यानडामा मासिक करिब चार लाख ८० हजार रुपैयाँको जागिर छाडेर सन्यासी बनेका हुन् ।

गत हप्ताबाट कुम्भ मेला सुरु भएसँगै उनी भाइरल भइरहेका छन् । उनले विभिन्न भारतीय सञ्चारमाध्यम तथा व्यक्तिलाई अन्तर्वार्ता दिएका छन् । सोही क्रममा उनले आफ्ना गुरुलाई पागलको संज्ञा दिएका थिए ।

आश्रमबाट निकालिए पनि उनले मेला भने छाडेका छैनन् । हाल उनी ज्याेतिषहरूको एक शिविरमा शरण लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ