सरोज यादव/साउन २,  सर्लाही । सर्लाहिका प्रहरी प्रमुख एसपी उतम सुवेदी नेपाल सरकारको शुक्रबार निर्णय अनुसार एस.एस.पि मा पदोन्नती हुनु भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
सरोज यादव/साउन २,  सर्लाही । सर्लाहिका प्रहरी प्रमुख एसपी उतम सुवेदी नेपाल सरकारको शुक्रबार निर्णय अनुसार एस.एस.पि मा पदोन्नती हुनु भएको छ ।"/>
५ कार्तिक २०८१, सोमबार
समाज

सर्लाहीका प्रहरी प्रमुख उतम सुवेदी एसएसपीमा बढुवा

२ श्रावण २०७४, सोमबार ०१:२३


सरोज यादव/साउन २,  सर्लाही । सर्लाहिका प्रहरी प्रमुख एसपी उतम सुवेदी नेपाल सरकारको शुक्रबार निर्णय अनुसार एस.एस.पि मा पदोन्नती हुनु भएको छ ।  
सर्लाहीमा पेशाप्रति इमानदार प्रशासककाे खडेरी परेकाे बेला करिव १५ महिना अागाडी सर्लाहीको प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हाल्नु भएका सुवेदीलाई गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सुबेदि सहित २५ जना एस.पि लाई एस.एस.पि मा बढुवाका लागि सिफारिस गरेको हो ।
एस.पि सुवेदी सर्लाही सरुवा भएर आएदेखि जिल्लामा तस्करी घट्नुका साथै सुरक्षा ब्यवस्थामा सुधार आएको जिल्लावासिले महशुस गरेका थिए । झन्डै १५ महिना सर्लाहिमा रह्दा एस.पि सुबेदिले प्रहरीले नागरिक संग गरिने ब्यवहार स्थिति सुधार ल्याउनु भएको थियो ।
सर्लाही लगायतका जिल्लाहरूमा प्रहरी प्रमुखकाे भूमिकामा रहदा जनताले प्रशासनकाे प्रत्याभूति गर्नु नै उहाँको विशेषता रहयाे । विगत लामाेसमय देखिकाे अापराधिक क्रियाकलापमा संलग्न दवावकाे भरमा मुद्दा किनारा नलागि थन्किएर बसेकाे फाइलहरूलाई कानुन सम्वत मुद्दा किनारा लगाउन अभियानकाे रूपमा अागाडी सरेका अपराधमुक्त समाजका अभियन्ताकाे रूपमा चिरपरिचित हुनुहुन्छ एसपि सुवेदी ।
सर्वसाधारण जनताकाे प्रत्यक्ष गुनासाे सुन्ने र दाेषीलाई न्यायकाे कठघेरामा ल्याई कानुनसम्मत दण्ड सजाय दिने दिलाउने न्यायका प्रतिमुर्ति एस. पि सुवेदीकाे अभाव सधै सर्लाहीबासी बीच खड्की रहने सर्लाहीवासिले महसुस गरेका छन् ।
एस.पि सुबेदिको बढुवा सिफारिस संगै अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि सर्लाहिका डि.ए.पि सिताराम रिजालले निमित जिल्ला प्रहरी प्रमुखको रुपमा काम गर्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा