पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २, काठमाडौँ ।</b> गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।<br></p><p>मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइबको क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफै लिएर हिँड्ने गरेका छन् । </p><p>नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सार्नुभएको छैन । -नेपाल समाचारपत्र दैनिक </p>

