७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, कसलाई कति मन्त्रालय ?

२ श्रावण २०७४, सोमबार ०१:५०

साउन २, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन तयारी थालेका छन्। 

देउवाले २४ जेठमा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम तथा मधेसी दलको समर्थनमा सरकारको नेतृत्व गरेका थिए ।

सरकारलाई पूर्णता दिनेलगायत विषयमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल हुने भएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले दुई नेताबीचको आइतबारका लागि तय बैठक सोमबारलाई सारिएको जनाए।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच छलफल भएपछि यसै साता मन्त्रिपरिषद्ले पूर्णता पाउने नेता निधिले जानकारी दिए। सरकार गठनको ३७ औं दिन बितिसक्दा पनि आइतबार साँझसम्म मन्त्रिपरिषद् विस्तार, सत्ता साझेदार कांग्रेस–माओवादी केन्द्रबीच मन्त्रालयको भागबन्डा, मन्त्रिपरिषद्मा सहभागी हुने दलबारे टुंगो लागेको छैन।

सत्ताको नेतृत्वको कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का पक्ष तथा देउवाका विश्वास पात्रबीचकै खिचातानीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन, संविधान संशोधनलगायत विषय देखाउँदै देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती गरे पनि चुनाव सकिएको र संशोधनको मुद्दा दुईतिहाइ नपुग्दा पर धकेलिएपछि मन्त्रिपरिषद् विस्तारको विषय पेचिलो बन्दै गएको छ।

कांग्रेस र माओवादी केन्द्रले सरकार गठनलगायत विषयमा सुझाव दिन गठन गरेको कार्यदलले गृहकार्य गरिसकेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बाध्यतामा देउवा परेका छन्।

चार सदस्यीय कार्यदलमा कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य छन्।

कार्य दलका एक सदस्यले माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार अपराह्न मात्रै बैंककबाट काठमाडौं आएकाले सोमबारदेखि सरकार गठनको गृहकार्य थाल्ने जानकारी दिए। ‘ढिलोमा बुधबारसम्म सरकारले पूर्णता पाउनेछ’, ती सदस्यले भने। कार्यदल तहमा मन्त्रालयको भागबन्डाको विषय टुंगिएको छैन।

११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादी केन्द्रले लिएर अन्य मन्त्रालय साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन। 

विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्। देउवा नेतृत्वको सरकारमा सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमबीच ७ मन्त्रालयको भागबन्डा टुंगिएको छ।

कांग्रेसले अर्थ, शिक्षा र श्रम मन्त्रालय, माओवादी केन्द्रले परराष्ट्र, गृह र सहरी विकास, नेपाल लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को पूर्णताका लागि मन्त्रालयको बाँडफाँड टुंगोमा नपुगेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने