डिवि विष्ट/ चैत २७, बझाङ । जयपृथ्वी नगरपालीका वर्डा नम्बर १४ निबासी १९ बर्षीया लक्ष्मि देवि जोशि सुत्केरी हुँदा स्वास्थ्य विषयको परिक्षा दिन बाट बन्चित हुनु भएको छ । आज विहान करीब ५ बजे तिर नै जोशिलाई सुत्केरी ब्याथा लागे पछि सुबेडा उप स्वास्थ्य चौकीमा लिएको र जोशीको छोरी भएको लक्ष्मि देवि जोशीका श्रीमान पर्वत राज जोशीले बताउनु भयो ।
छोरीको नाम भने ११ दिनको दिनमा राखीने भएको छ । श्रीमती सुत्केरी भए पछि उहाँको सट्टामा परिक्षा दिने अर्को ब्याक्तीलाई लिएको भए पनि केन्द्राध्यक्षले स्वयम् ब्याक्ती नै उपस्थित भए पछि मात्र परिक्षा अर्को ब्याक्तीले दिन पाउने भने पछि लक्ष्मि देवि जोशी परिक्षा केन्द्रमा जान नसके पछि स्वास्थ्य विषयको परिक्षा छुटेको होे । बझाङ जिल्ला यो बर्ष एक्जेमटेड र रेगेलर गरी जम्मा ५ हजार ८ सय ५० जना परिक्षार्थीले परिक्षा दिएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।