2026-09-06 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा

काठमाडौँ | एक युवतीले बिहेको पहिलो रात गलत तरिकाले आफ्नो ‘भर्जिनिटी चेक’ गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । बिहेकै पहिलो रात आफ्नो कुमारीत्व जाँच गरेको भन्दै उनले अदालतमा निवेदन दिएकी हुन् ।

घटना भारतको मध्य प्रदेशस्थित इन्दौरको बाणगंगाको हो । आजतकको रिपोर्टअनुसार युवतीको १२ डिसेम्बर २०१९ मा भोपालका एक केटासँग विवाह भएको थियो । अधिवक्ता कृष्णकुमार कुन्हारेले पहिलो रातको भोलिपल्टै ससुरालवालाले युवतीको भर्जिनिटीमा प्रश्न उठाएको बताए ।

‘विवाहको भोलिपल्टै पीडितकी सासूले छिमेकी युवतीलाई बोलाएर खाटमा रगत किन देखिएन भनेर सोधिन् । रगत नदेखिएको भन्दै सासूले बुहारीको कुमारीत्वमाथि प्रश्न उठाइन् । त्यसपछि दुई लाख दाइजोको माग गर्दै मानसिक यातना दिन थालिन्, ‘कृष्ण कुमारले भने ।

यस अवधिमा उनको तीन महिनामा पहिलो पटक गर्भपतन भयो । अर्को पटक उनले एउटी छोरीलाई जन्म दिइन् तर, ९ महिना ९ दिनपछि मृत्यु भयो । उनलाई छोरीको डीएनए परीक्षण गराउन दबाब दिइयो ।

समाचार अनुसार महिलाले तेस्रो पटक छोरीलाई जन्म दिइन् । त्यसपछि उनलाई घरबाट निकालियो । किनकी उनकी सासू र श्रीमान छोरा चाहन्थे ।

मानसिक यातनाबाट दिक्क भएर पीडित युवती इन्दौर जिल्ला अदालत पुगेकी छिन् । उनले सासू, ससुरा, श्रीमान् र जेठाजुविरुद्ध घरेलु हिंसाको उजुरी दिएको समाचारमा उल्लेख छ ।

पीडित युवतीको उजुरीका आधारमा अदालतले ससुरालवालाविरुद्ध घरेलु हिंसा संरक्षण ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

आजतकको रिपोर्टका अनुसार महिला तथा बाल विकास विभागको गोप्य प्रतिवेदनमा विवाहको पहिलो रात पीडितका ससुरालवालाले उनको भर्जिनिटी जाँच गर्न अमानवीय तरिका अपनाएको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ