२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक

२०८१, १० माघ बिहीबार १६:०६

रुपन्देही | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी रहेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । अदालत स्रोतका अनुसार थुनछेक बहस आज नसकिने निश्चित छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका लामिछाने हिजो (बुधबार) आफैं जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो ।

सो मुद्दामा सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयबाट ५ जना र उच्च सरकारी वकिलको कार्यालय ३ जना गरी ८ जना सरकारी वकिलले बहस गर्ने भएका छन् । उच्च सरकारी वकिलको कार्यालय बुटवलबाट प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्दैछन् । सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरिसकेका छन् ।

अझै सहकारी पीडितको तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्न बाँकी नै छ । पीडितको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

लामिछानेलाई हिजो परिवारको जिम्मा लगाएको प्रति सरकारी वकिलहरुले इजलासमा आक्रोश व्यक्त गरेका छन् । लामिछानेलाई हिजो परिवारको जिम्मामा छाड्नुले थुनछेकको औचित्य नै समाप्त भएको भन्दै उनीहरुले न्यायाधीश योगीप्रति कटाक्ष गरे । सरकारी वकिलहरुले न्यायाधीश योगीले थुनछेकको विधिशास्त्र नै मिचेको संकेत गरे ।

बयान दिन आएको मान्छेलाई पुन परिवारको जिम्मा लगाएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारी वकिलले लामिछाने जोडिएको मुद्दा नहेर्न समेत न्यायाधीश योगीलाई सुझाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह