१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सरकारबाट बाहिरिन सक्ने प्रचण्डको चेतावनी

३ श्रावण २०७४, मंगलवार ००:५६


साउन ३, काठमाडौ । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहने वा नरहने भन्ने प्रश्न उब्जिएको बताउनु भएको छ । 

पार्टीको पेरिसडाँडामा सोमबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले काँग्रेसकै कारण त्यस्तो प्रश्न उब्जिएको बताउनु भएको हो । 

आफू प्रधानमन्त्री हुँदा काँग्रेसलाई नौ वटा मन्त्रालय दिएको र अहिले काँग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गर्दा माओवादी केन्द्रलाई काँग्रेसले सात वटा मन्त्रालय प्रस्ताव गरेको र आफूहरुले नौ वटा मन्त्रालय माओवादी केन्द्रले पाउनु पर्ने तर्क राखिरहेको प्रचण्डले नेताहरुलाई बताउँदै आउनु भएको थियो ।

‘एक दुई दिन भित्र मन्त्रिपरिषद विस्तार भएन भने मन्त्रिपरिषदमा रहने कि नरहने भन्ने प्रश्न उठन सक्छ । तेस्रो चरणको चुनाव (असोज २ ) गतेसम्म पनि मन्त्रिपरिषद विस्तार भएन भने हामी सरकारमा बस्ने कि नबस्ने भन्ने प्रश्न उठन सक्छ’ पार्टीको बैठकमा प्रचण्डले व्यक्त गरेको भनाई उघृत गर्दै एक बरिष्ठ नेताले अन्नपूर्णसँग भन्नुभयो । 

तर पार्टी भित्र मन्त्री बन्न बार्गेनिङ गर्ने,मन्त्री भएर पैसा लुकाउने,संस्थागत नगर्ने,आफू मात्रै मन्त्री भइराख्नु पर्छ भन्ने सोच राख्ने प्रबृत्ति देखिएको पनि प्रचण्डले बैठकमा बताउनुभयो । 

‘केन्द्रीय कार्यालयका एक जना बरिष्ठ कमरेडले त आफू पनि गुट बनाउनुपर्छ कि भन्न आउनु भएको थियो । जसले गुट बनाएका छन् उनीहरुले नै पद प्रतिष्ठा पाउने भएपछि इमान्दार कमरेडहरु पनि त्यसो भन्न आउन थाल्नु भएको छ’ प्रचण्डले बैठकमा भन्नुभयो ‘यो पार्टीलाई बिघटन गराउने कि राम्रो बनाउने भन्ने प्रश्न हाम्रा अगाडि आएको छ । गुटवन्दी गर्ने हो भने सल्लाह गरेर नै गुटवन्दी गरौ । रोल्पाको गुट,रुकुमको गुट,सिराहाको गुट,सप्तरीको गुट,सिन्धुलीको गुट, रामबहादुरको गुट,श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई बिघटन गराऊ ।’ रुसमा लेनिनले पनि पार्टीलाई बिघटन गरेको पनि प्रचण्डले स्मरण गराउनु भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डले गुटवन्दी र पार्टी विघटनको बिषय बोलिरहदा गुटवन्दीमा रमाइरहेका नेताहरुको अनुहार भने मलिन देखिन्थ्यो । 

प्रचण्डलाई नेता मात्रिका यादवले जवाफ दिनु भएको थियो । गुटको संरक्षण प्रचण्ड स्वंयमले गरेको आरोप यादवले लगाउनुभयो । ‘गुट बनाउन र भत्काउन कमरेड प्रचण्ड नै सिपालु हुनुहुन्छ । गुट भत्काउन तपाईबाटै शुरु गर्नुस । पार्टी बिघटन हामीलाई मान्य छैन’यादवले बैठकमा भन्नुभयो । 

स्थानीय तहको निर्वाचनमा एमालेलाई परिवर्तन विरोधी शक्तिहरुले स्थापित गराएको आरोप पनि प्रचण्डले लगाउनुभयो । समानुपातिक र समावेशी प्रतिनिधित्व हटाएर दुई सय ४० प्रत्यक्ष निर्वाचन क्षेत्र कायम गर्न खोज्नु पनि त्यहि परिवर्तन बिरोधीको फण्डा रहेको पनि प्रचण्डले बताउनुभयो । 

संविधानमा आफूहरुले राखेका विमतिका मुद्दालाई उठाउनु पर्ने पक्षमा पनि प्रचण्ड बैठकमा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरुपको मुद्दा राजनीतिक रुपमा उठाउनु पर्ने उहाँले बताउनुभयो । 

राष्ट्रलाई अस्थिर हुनबाट जोगाउन,कमजोर हुन नदिन,विकास र समृद्धिको दिशामा अगाडि बढाउन,बिखण्डनकारीलाई कमजोर बनाउन र राष्ट्रलाई एकताबद्ध गर्न पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थाको पक्षमा जानु पर्ने प्रचण्डले बताउनुभयो । 

माओवादीको आधिकारिक शक्ति आफूहरु नै रहेको तथ्य पुष्टी भएको पनि प्रचण्डले बताउनुभयो । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति,मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गठनको औचित्य पुष्टी हुन नसकेको पनि उहाँले बताउनुभयो । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति