गुल्मी | गुल्मीमा आज एक जना महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङको पिस पार्क नजिकै महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृत फेला पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ८ डक्सुमारे माइती घरमा विगत ७ वर्षदेखि बस्दै आएकी अन्दाजी ४० वर्षीया गीता अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए ।
निजले विगत देखिनै अत्याधिक मदिरा सेवन गर्दै आउने गरेको स्थानीयले बताएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताए ।