मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुप"/>
2026-10-31 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी कारबाहीबाट कपिलवस्तुमा डेढ करोड बढी राजश्व असुली

मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि असारसम्म कूल २६हजार ५सय १३ सवारी कारवाहीबाट सो राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७२ र ७३ को २४ हजार ५सय ७० सवारी कारवाहीबाट ट्राफिकले ९८ लाख ९५ हजार ९सय रुपैयाँ राजस्व असुली गरेका थियो । 

गतवर्षको दाँजोमा यसवर्ष ट्राफिकले ५७ लाख ४९ हजार ६सय रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । यसवर्ष ट्राफिक नियम उलंघन गर्ने सवारी संख्यामा १९सय ४३ बढी भएको कार्कीले बताउनुभयो । 

यसवर्ष सवारी कारबाहीमा सबैभन्दा बढी ट्रक परेका छन । वर्षभरि कूल १८हजार ६सय २५ ट्रक कारबाही हुँदा १ करोड १० लाख ६५ हजार ५सय रुपैयाँ राजश्व उठेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । यसपछि कारबाहीमा परेका सवारीमध्ये मोटरसाइकल दोस्रो नम्बरमा परेको छ । 

वर्षभरिमा ३ हजार ६ सय ६ वटा त मोटरसाइकल मात्र कारबाहीमा परेका छन । जसबाट १९लाख ९९ हजार राजश्व संकलन भएको ट्राफिकले बताएको छ । यसैगरी १हजार ४सय ७८ वटा बस कारबाही हुँदा ८ लाख ६६ हजार राजश्व उठेको छ भने कारबाहीमा परेका जीप संख्या १हजार ५सय ८० रहेको छ । 

जसबाट ८लाख ५५ हजार ५सय राजश्व असुली भएको बताइएको छ । यसका साथै १हजार ४सय २४ वटा ट्याक्टर कारबाही हुँदा ८लाख ६९ हजार ५सय राजश्व संकलन भएको ट्राफिकले जानकारी दिएको छ । नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । 

यता आर्थिक वर्ष २०७३।०७४ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३१ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । जसबाट ट्राफिकले ३१ हजार राजश्व असुली गरेको छ । गतवर्ष समेत ट्राफिकले ३१ जनालई मापसे कारबाही गर्दा ३१ हजार रकम असुली गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय