Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जनप्रतिनिधिका फरक-फरक एजेण्डा: सडक, शिक्षा र कृषि प्राथमिकतामा

By kit 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/साउन ३, डोल्पा । दुइ दशक पछि निर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकता सडक, शिक्षा र कृषि मुख्य एजेण्डा रहेको पाइएको छ ।

स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिले आर्थिक बर्ष ०७४/०७५ को निति तथा कार्यक्रममा कृषि र सडकलाइ पहिलो प्राथमिकतामा राखेको ठुली भेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताए ।

जिल्लामा रहेका सबै बिषयगत कार्यालयहरु अब जिल्लाका रुपमा नरहने र स्थानिय तहमा जाने भएकोले पनि सबै किसिमका सेवाहरु प्रवाह हुने तर जनताले सबै भन्दा छिटो र सहज रुपमा कृषिबाट नै लाभ लिने भएकोले कृषि पहिलो प्राथमिकतामा राखिएको ठुलीभेरि नगरपालिका वडा नँ ३ का वडा अध्यक्ष अर्ण बहादुर न्यौपानेले जानकारि दिए ।

हाल सम्म पनि डोल्पामा सडक सञ्जालले नछोएको कारण डोल्पाली जनताको लागि सडक नै महत्वपूर्ण भएकोले दुइ बर्ष भित्रमा सडकले सबै गाँउहरुमा जोड्ने गरि लक्ष्य लिएको ठुलिभेरि नगरपालिकाका उपप्रमूख योगेन्द्र बहादुर शाहीले बताए ।

सुख्खा पाखाले घेरिएको नगरपालिकामा सबै वडाहरुमा बृक्षारोपन गर्ने र ५ बर्ष भित्रमा हरियो नगरपालिका बनाउने र समुदाय सहाउदो कृर्षिको उत्पादनमा जोड दिदै बिभिन्न खालका उद्योगको स्थापना गरि जनताको आर्थिक बृद्धिदर बढाउने लक्ष्य रहेको त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए ।

गाँउगाउमा महिलाहरुको अबस्था कम्जोर भएको र हरेक महिलाले आफना अधिकार सुनिश्चत गर्ने त्यसका साथै स्थानिय तहमा निति निर्माण गर्दा शिक्षालाइ बिषेश जोड हुने उपप्रमूख चन्द्रा कुमारि बुढाले बताइन । जनताको सुहाउदो निति निमार्ण गर्ने र जनताले हरेक सेवा सहज रुपमा पाएको महसुस गराउने बुढाले दाबि गरिन ।

डोल्पा जिल्लाको पहिलो सडकले छोएको गाँउपालिका जगदुल्ला गाँउपालिका भएकोले अब थप गाँउमा गाँउमा सड्क बिस्तार गर्ने र एक बर्ष भित्रमा सबै गाँउहरुमा सडकले जोडि नमुना सडकको गाँउपालिका बनाउने जगदुल्ला गाँउपालिकाका प्रमूख नारासिँ बुढाले बताए । सडकले केहि भाग छोई सकेको र त्यो एक बर्ष भित्रमा बिस्तार हुने अब जगदुल्ला गाँउपालिकामा सञ्चारको बिस्तार गर्ने पहिलो लक्ष्य रहेको र ४ महिना भित्रमा थ्रीजी इन्टरनेटको सेवा दिने पनि प्रमूख रोकायाले जानकारि दिए ।

भौगालिक र क्षेत्रफल ठुलो भएको माथिल्लो डोल्पाका गाँउपालिकामा पर्यटकीय सम्भावना धेरै रहेको छ । माथिल्लो डोल्पाका तिनवटा गाँउपालिका शे–फोक्सुण्डो गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका र छार्का ताङस्योङ गाँउपालिकामा पुरातत्वीक सम्पदा रहेका गाँउपालिका भएका कारण पर्यटकमा नै बिशेष प्राथमिकतामा रहेको शे–फोक्सुण्डो गाँउपालिकाका प्रमूख टासिटुण्डुप गूरुङ्गले बताए ।

माथिल्लो डोल्पामा नेपालको सबै भन्दा गहिरो र रङ्ग फेरि रहने शे–फोक्सुण्डो ताल,बिश्व सम्पदा सुचिमा रहेको शे–गुम्बा,१५० मिटर सुलिर्गाड झरणा,बिश्वकै अग्लो उपत्यका धो उपत्यका,बिश्वको अग्लो बस्ति छार्का बस्ति र बिभिन्न सयौ बर्ष पूराना गुम्बाहरु रहेकोले पनि पर्यटक नै भित्रयाउन कठिन नहुने उपप्रमूख धावा सम्डुक गूरुङ्गले जानकारि दिए । पर्यटकका लागि सेवाहरु थप गर्न पाएमा आन्तरिक देखि बाह्य पर्यटक भित्रयाउन कुनै समस्या नहुने पनि गूरुङ्गले बताए ।

जिल्लाका सबै गाउपालिकामा स्वास्थ्य सेवा प्रभाकारी नभएकोले तत्काल स्वास्थ्य सेवाहरु थप मजबुत बनाएर जनतालाइ सके जतिको स्वास्थ्य सेवा दिने र माथिल्लो डोल्पा नै सबै भन्दा बढि समस्यामा परेकोले स्वास्थ्य सेवालाइ पहिलो प्राथमिकतामा राखेको छार्का ताङस्योङ गाँउपालिकाका प्रमूख सेनाङ्ग गुरुङ्गले जानकारि दिए ।

सरकारको बजेटमा मात्र भर नपरेर आन्तरिक स्रोतले पनि स्थानिय तहको बिकास गर्नमा सहयोग पुग्ने भएकोले आन्तकिर स्रोतमा बिषेश जोडि दिने मुड्केचुला गाँउपालिकाका प्रमूख दत्त बहादुर शाहीले बताए । जडिबुटिको भण्डार नै रहेको डोल्पा जिल्लामा जडिबुटिबाट नै सबै भन्दा आम्दानी हुने स्रोत भएकोले जडिबुटि उत्पादनमा जोड दिदै निर्यातमा कडाइ गर्ने र आन्तरिक स्रोत बढाउने प्रमूख शाहीले बताउनु भयो ।

सँघियता पछि डोल्पा ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तहमा बिभाजित भएको छ । फरक फरक गाँउपालिका र नगरपालिकामा फरक सस्सकारका साथै भौतिक कठिनाइ भएकोले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिले थोरै योजनाहरु भए पनि नमुना योग्य स्थानिय तहको निमार्ण गर्ने सबै स्थानिय तहका जनप्रतिनिधिको प्रतिबद्धता रहेको छ ।

दुइ दशक पछि जनप्रतिनिधि चयन भएको र जनताले पहिलो पटक जनताले नै चुनेका जनप्रतिनिधिबाट बिकास र आफुले पाउने सेवाहरु सज रुपमा पाउने ठुलो आसा राखेका छन ।

स्थानिय तहमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिलाइ स्थानिय स्तरमा काम गर्न चुनौति भएको र त्यस्ता चुनौतिलाइ पार गरेर काम गर्दै गएमा जनताले ढुक्कसँग आगामि ५ बर्षमा पनि निर्वाचित गर्ने र जनताले सँघियतामा पाउने सेवाको महसुस गर्ने नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले बताए ।