प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई "/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

लिखु गाउँपालिकाले खिम्ती बाढी पिडितलाई तत्काल ११ लाख राहत उपलब्ध गराउने

२०७४, ३ श्रावण मंगलवार १५:५४

प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई ११ लाख राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

बैठकले तत्कालिन अवस्थामा लिखु गाउँपालिका ६ खिम्तिका मृतक परिवारलाइ २५,०००।-, घरबार पहिरोले क्षति भएका परिवारलाइ लत्ता कपडा सहित ६५,००० र बस्ति सार्नुपर्ने परिवारका लागि ५०,००० दिने निर्णय गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहाेराले जानकारी दिनुभयाे । 

यसैगरी गाउँपालिकाको बिपत ब्यबस्थापन समितिले बाढी अाएकाे क्षेत्रकाे अध्ययन गरेर तथ्याङ ल्याएपछि थप कार्यक्रम तथा राहत उपलब्ध गराईने लिखु गाउँपालिकाकि उपाध्यक्ष दिपशिखा दाहालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे-" पिडितकाे तथ्यांक संकलन, बाढी अाएकाे क्षेत्र र सम्भावित जाेखिमकाे निरीक्षण गरेपछि थप व्यवस्थापनमा जुट्नेछाै।"

'पिडितलाई अन्य सरकारी तथा गैह्रसरकारी संस्था मार्फतपनि राहत उपलब्ध गराउने कार्य जारी छ । दिर्घकालिन रूपमा कसरी व्यवस्थापन गर्ने अध्ययन गरिदैछ'- उहाँले भन्नुभयाे। 

पिडित परिवारलाई बुधबार रकम उपलब्ध गराउने बाेहराले बताए । उहाँका अनुसार १० परिवारलाई लत्ताकपडा सहित प्रतिपरिवार ६५ (५०+१५ गरि ) हजार उपलब्ध गराईने छ ।

१. शम्भु वि.क.

२. मिना तामाङ

३. वीर बहादुर तामाङ 

४. राधा खत्री 

५. कुमार खत्री 

६. नारायण बरूवाल 

७. लाेचन खत्री

८. उमानारायण नेवार 

९. कान्छा सार्की 

१०. शाेभा बरूवाल

त्यसैगरी बास स्थान सार्नुपर्ने ८ घर परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय भएकाे छ ।

१. गाेपाल बहादुर खत्री

२. राेहिणी बहादुर थापा 

३. कमला बरूवाल 

४. माेहन बहादुर सुनुवार 

५. प्रेम बहादुर तामाङ 

६. धावा तामाङ 

७. माेहन सुनुवारकाे अामा 

८. उमेश तामाङ

मृतकका परिवारलाई २५/२५ हजार उपलब्ध गराईने भएकाे छ । 

पालिकाकाे बैठकले तत्कालीन अबस्थामा राहतकाे रूपमा उक्त रकम उपलब्ध गराउन लागेकाे हाे । गत असार ३१ गते शनिबार राती लिखु गाउँपालिका र गोकुललगंगा गाउँपालिकाको सिमाना भएर बग्ने छत्तिवने खोलामा आएको बाढीमा २ जनाकाे मृत्यु भएकाे थियाे भने वेपत्ता भएका ३ जनाकाे खाेजी कार्य जारी रहेकाे छ । बाढीले ९ जना घाईते भएका थिए । 

घाइतेको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश