प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

लिखु गाउँपालिकाले खिम्ती बाढी पिडितलाई तत्काल ११ लाख राहत उपलब्ध गराउने

३ श्रावण २०७४, मंगलवार १५:५४

प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई ११ लाख राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

बैठकले तत्कालिन अवस्थामा लिखु गाउँपालिका ६ खिम्तिका मृतक परिवारलाइ २५,०००।-, घरबार पहिरोले क्षति भएका परिवारलाइ लत्ता कपडा सहित ६५,००० र बस्ति सार्नुपर्ने परिवारका लागि ५०,००० दिने निर्णय गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहाेराले जानकारी दिनुभयाे । 

यसैगरी गाउँपालिकाको बिपत ब्यबस्थापन समितिले बाढी अाएकाे क्षेत्रकाे अध्ययन गरेर तथ्याङ ल्याएपछि थप कार्यक्रम तथा राहत उपलब्ध गराईने लिखु गाउँपालिकाकि उपाध्यक्ष दिपशिखा दाहालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे-" पिडितकाे तथ्यांक संकलन, बाढी अाएकाे क्षेत्र र सम्भावित जाेखिमकाे निरीक्षण गरेपछि थप व्यवस्थापनमा जुट्नेछाै।"

'पिडितलाई अन्य सरकारी तथा गैह्रसरकारी संस्था मार्फतपनि राहत उपलब्ध गराउने कार्य जारी छ । दिर्घकालिन रूपमा कसरी व्यवस्थापन गर्ने अध्ययन गरिदैछ'- उहाँले भन्नुभयाे। 

पिडित परिवारलाई बुधबार रकम उपलब्ध गराउने बाेहराले बताए । उहाँका अनुसार १० परिवारलाई लत्ताकपडा सहित प्रतिपरिवार ६५ (५०+१५ गरि ) हजार उपलब्ध गराईने छ ।

१. शम्भु वि.क.

२. मिना तामाङ

३. वीर बहादुर तामाङ 

४. राधा खत्री 

५. कुमार खत्री 

६. नारायण बरूवाल 

७. लाेचन खत्री

८. उमानारायण नेवार 

९. कान्छा सार्की 

१०. शाेभा बरूवाल

त्यसैगरी बास स्थान सार्नुपर्ने ८ घर परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय भएकाे छ ।

१. गाेपाल बहादुर खत्री

२. राेहिणी बहादुर थापा 

३. कमला बरूवाल 

४. माेहन बहादुर सुनुवार 

५. प्रेम बहादुर तामाङ 

६. धावा तामाङ 

७. माेहन सुनुवारकाे अामा 

८. उमेश तामाङ

मृतकका परिवारलाई २५/२५ हजार उपलब्ध गराईने भएकाे छ । 

पालिकाकाे बैठकले तत्कालीन अबस्थामा राहतकाे रूपमा उक्त रकम उपलब्ध गराउन लागेकाे हाे । गत असार ३१ गते शनिबार राती लिखु गाउँपालिका र गोकुललगंगा गाउँपालिकाको सिमाना भएर बग्ने छत्तिवने खोलामा आएको बाढीमा २ जनाकाे मृत्यु भएकाे थियाे भने वेपत्ता भएका ३ जनाकाे खाेजी कार्य जारी रहेकाे छ । बाढीले ९ जना घाईते भएका थिए । 

घाइतेको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता