२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकको ताला फुटाएर चोरी गर्न भित्र छिरेका एक युवक पक्राउ

१३ माघ २०८१, आईतवार १२:०५

दाङ । दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी प्रयास गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८ दुधरास निवासी २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

तुलसीपुर प्रहरीका अनुसार चौधरीलाई आइतबार बिहान २ बजे तुलसीपुर उपमहानगरपालिका–५, बिपी चोकस्थित एनएमबी बैंकको शाखाभित्रैबाट पक्राउ गरिएको हो ।

बैंकमा मध्यरातमा एक व्यक्ति प्रवेश गरेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट टोली खटिएको थियो।

चौधरी बैंकको ताला फुटाएरभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । बैंकभित्र छिरेका उनको साथबाट हथौडा, छिनो, ह्याक्सो लगायतका उपकरणहरू फेला परेको प्रहरीले जनाएको छ । उनी स्कुटर चढेर गएका थिए । उनले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बैंकमा रातिको समयमा सुरक्षा गार्ड नराखिएकाले चौधरीले त्यसको फाइदा उठाउन खोजेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो