नन्दराम जैशी/साउन ४, जुम्ला । गाँउमा खेर गइरहेको हाडे ओखर उपयोगमा आएपछि जुम्लाका कृषकहरु खुसि भएका छन् । 

जुम्लाका विभिन्न बस्ती तथा जंगलहरुमा पाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 नन्दराम जैशी/साउन ४, जुम्ला । गाँउमा खेर गइरहेको हाडे ओखर उपयोगमा आएपछि जुम्लाका कृषकहरु खुसि भएका छन् । 

जुम्लाका विभिन्न बस्ती तथा जंगलहरुमा पाइ"/>

2026-10-15 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाँउमा खेर गएको हाडे ओखर उपयोगमा आएपछि कृषकहरु खुसि

 नन्दराम जैशी/साउन ४, जुम्ला । गाँउमा खेर गइरहेको हाडे ओखर उपयोगमा आएपछि जुम्लाका कृषकहरु खुसि भएका छन् । 

जुम्लाका विभिन्न बस्ती तथा जंगलहरुमा पाइने हाडे ओखर यस अघिका दिनमा प्रयोग बिहिन अवस्थामा रहेको भन्दै अबदेखि हाडे ओखर उपयोगमा आउनेभएपछि जुम्लाका महिला कृषकहरु खुसि भएका हुन् । आगामि दिनमा जुम्लाका कृषकहरुले गाँउमै मेसिन मार्फत हाडे ओखर प्रशोधन गरी तेल उत्पादन पनि गर्नसक्ने भएका छन् ।

 जुम्लाका सरोकारवाला निकायको सहभागितामा ओखर उत्पादक कृषकहरुले बुधबार तातोपानि चार हाँकुमा हाडे ओखर प्रशोधन गरी तेल उत्पादन गर्ने मेसिनको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरेपछि कृषकहरुले यस्तो प्रतिक्रिया दिएका थिए । 

जुम्लाको पातारासि, गोठिचौर र तातोपानि गाँउपालिकाका कृषकहरु र जिल्ला स्थीत सरोकारवालाहरुले उक्त मेसिनको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरेका छन् । हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको आयोजना तथा ईटिए जुरीजको प्राविधिक सहयोगमा हाडे ओखर प्रशोधन गरी तेल उत्पादन गर्ने मेसिनको हाँकुमा परिक्षण गरीएको हो ।

हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको तर्फबाट म्याटिस स्टोल्ज र पास्कल ट्राक्सलरले साउन २ गतेदेखि परिक्षणमा ल्याएको मेसिन साउन ६ गतेसम्म परिक्षण भएको छ । कृषकहरुको पृष्ठपोषणका आधारमा परिक्षण गरीएको उक्त मेसिन महिलामैत्रि रहेको पाइएको छ । 

मेसिनको अवलोकन तथा प्रयोगात्मक अभ्यासपछि बोल्दै तातोपानि ४ हाँकुकि महिला कृषक दुर्गा जैसीले भन्नुभयो, मेसिन अत्यन्तै प्रभावकारी छ । यस अघि हाम्रो गाँउघरमा हाडे ओखरको खासै प्रयोग हुन्थेन, यदि ओखरको तेल बनाइहालेमा पनि हातले सबै काम गर्नुपथ्र्यो । त्यो झण्झटिलो विधि हो ।

अब मेसिनले तिँ सबै काम एकै पटक गरी दिने भएपछि ओखर उपयोगमा आउनुका साथै काममा पनि सहजता हुनेछ, उहाले भन्नुभयो । ओखरको तेलको जति महत्व भएपनि त्यसको उत्पादन र प्रशोधनमा कसैले जोड नदिएपछि हामिले पनि वास्था गरेनौ अब यसको महत्वका बिषयमा जानकारी पाएपछि हाडे ओखर खेतिलाई पनि निरन्तरता दिने उहाको भनाइ छ ।

 हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालका कार्यक्रम अधिकृत आनन्द कुमार पराजुलिका अनुसार पाइटल प्रोजेक्टका रुपमा परिक्षण गरीएको मेसिन सफल देखिएको र कृषकहरुले पनि रुचाएकाले आगामि दिनमा मेसिन बितरण प्रक्रिया अपनाउन सकिने बताउनुभयो । 

उहाले भन्नुभयो, कृषकहरुको चाहाना बमोजिम मेसिन खरिद गर्न सक्नेछन् । बरु त्यसमा हामि मेसिन खरिद गर्दा स्रोतको खोजि गर्नसक्छौ । कृषकहरुको मागका आधारमा निशुल्क प्राविधिक सल्लाह दिनेछौ । मेसिन खरिदपछि कृषकहरुले उत्पादन गरेको आखरको तेलको बजार ब्यवस्थापनका लगि सहजिकरण गरीने जानकारी दिदै सबै निकायसँगको समन्वयलाइ निरन्तरता दिने उहाको भनाइ छ । 

हाल स्थानिय कृषकले हातले पिसेर उत्पादन गरेको ओखरको तेल आफैले औषधिको रुपमा प्रयोग गर्ने गरेको पाइन्ट । यसको बजार ब्यवस्थापनसँगै उत्पादनमा जोड दिनसके विश्व बजारमा समेत ओखरको तेलको माग बढ्ने कृषि विज्ञहरुको भनाइ छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित