३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

संगठनका मागलाई बेवास्ता गरी निर्वाचन प्रकृया अघि बढाएको भन्दै मतदान केन्द्रमा धर्ना

६ बैशाख २०७३, सोमबार १३:१०

dharna newsसम्र्राट सिंह/बैशाख ६, बझाङ । सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरुबिच थ्रेसहोल्ड खारेज गर्ने भएको सहमती विपरित आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै सोमबार मतदान केन्द्रमा धर्ना बसेका छन ।

आन्दोलनरत संगठनहरुका मागहरुलाई बेवास्ता गरी गैर कानुनी ढंगले निर्वाचन कार्यक्रम प्रकाशित गरी निर्वाचन प्रक्रिया अघि बढाएकोमा असहमती जनाउदै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका पदाधिकारीहरु मतदान केन्द्रमा धर्नामा बसेका हुन ।

कानुनको उलङघन गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयले विनियमावलीको प्रावधान बिपरित स्वइच्छाचारी तरिकाले निर्वाचन कार्यक्रम प्रकाशित गरेकोले असहमती जनाउदै धर्नामा बसेका नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मदन राज जैसीले बताए ।

सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरुबिच थ्रेसहोल्ड खारेज गर्ने भएको सहमती कार्यान्वयन नहुँदा सम्म संगठनको आन्दोलन निरन्तर जारी रहने उनको भनाई छ । सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु बिच भएको सहमती कार्यान्वयन गर्न दवावका लागि संगठनले पटक पटक बिरोध पत्रदेखि मतदान केन्दमा धर्ना दिदै आएका छन ।

निजामती कर्मचारी युनियन र निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति का पदाधिकारीहरु भने आफ्नो पक्षमा विजय हात पार्न व्यापक प्रचार प्रसारमा जुटेका छन ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका पदाधिकारिहरुले शान्तिपूर्ण तरिकाले बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म धर्ना दिएको निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले बताए । उनले केन्द्रबाट निर्वाचन बारे थप निर्देशन नआएको जानकारी दिए ।
फोटो क्याप्सन ः सहमती विपरित आधिकारिक टे«ड युनियनको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै मतदान केन्दमा धर्ना दिदै,, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका पदापधकारीहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’