साउन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँड"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रमा फेरि ‘प्रचण्ड पथ’को बहस किन चर्कियो ?

५ श्रावण २०७४, बिहीबार ०२:०४

साउन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।

तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)सँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो । 

जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राखेका थिए । लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गरेको एक सचिवालय सदस्यले बताए ।

नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताएका थिए । ‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो । 

यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘यो विज्ञान हो । अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’

सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदारहण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताएका थिए । उनले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताए । सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताए । 

पार्टी रूपान्तरण र कार्ययोजनाको सही कार्यन्वयन मुख्य विषय भएको भन्दै उनले प्रचण्डपथ जुन दिनदेखि छाडियो त्यही दिनदेखि हार्न थालियो भन्ने विश्लेषण ठीक नभएको बताए । पोख्रेलले पार्टी एकीकरणलाई भाग खान आएको भनेर परिभाषित गरिएको भन्ने आरोप लगाउँदै यस्तो प्रवृत्तिले सङ्गठन बलियो नबनाउने बताएका थिए ।

‘हामीले क्रान्तिका लागि पार्टी एकता गरेका थियौँ । शान्ति प्रक्रियामा पनि क्रान्तिकै लागि आइएको थियो,’ पोख्रेलले बैठकमा भने, ‘प्रचण्डपथको कुरा हिजो पनि आयो आज पनि छ । तर, त्यस विषयलाई चर्को रूपमा उठाउने अहिले पार्टी फुटाएर प्रचण्डलाई सबैभन्दा ठूलो शत्रु घोषणा गरिरहेका छन् । यस्तो प्रवृत्ति राम्रो होइन । ’

बैठकमा अर्का नेता हितराज पाण्डेले विचार संश्लेषण नै पार्टी निर्माणको मुख्य आधार भएको स्पष्ट गर्दै यसैका आधारमा नयाँ ढङ्गबाट पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । सचिवालय सदस्य डीआर पौडेलका अनुसार पाण्डेले चुनावमा जित्छु वा सङ्गठन निर्माण गर्छु भन्ने कुरा बोलेर मात्र नहुने, त्यसका लागि पहिले विचार संश्लेषण सही हुनुपर्ने बताए ।

सचिवालय सदस्य सुरेशकुमार राईका अनुसार बैठकमा तिलक परियार, हकिकुल्ला खाँ, सुदन किराती, रेखा शर्मा, खिलप्रसाद बुढाथोकी, बाबुराम गौतम, श्रवणकुमार यादवलगायत १९ जनाले धारणा राखेका थिए । 

नेताहरूले पार्टीको समिति ठूला र कामकाजी नभएको विषय दोहो¥याउँदै यसलाई सानो र चुस्त बनाउनुपर्ने बताएका थिए । पार्टीभित्र दोस्रो तहका नेताले प्रचण्डलाई घेराबन्दीमा राख्ने गरेको गुनासो गर्दै पार्टीका केही नेताले अध्यक्षसम्म सही कुरा पुग्न नदिने प्रवृत्ति हट्नुपर्ने धारणा राखे । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने