2026-07-25 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विभिन्न देशहरुमा पठाइदिने भनी १ करोड २४ लाख रुपैयाँ ठग्ने व्यक्तिहरू पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्क बिहिन बनेर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानका सुनिल दसौदी, काभ्रेका बिकाश दवाडी, गोरखाका सुरेन्द्र बिक र काठमाडौँका बिशाख्रा पौडेल रहेका छन् ।

उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका थिए । पक्राउ परेकाहरुमध्ये तीन जनालाई प्रहरीले काठमाडौँको बिभिन्न स्थानबाट पक्राउ गरि अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार बिभागमा पठाएको छ भने सुरेन्द्र बिकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

प्रहरीका अनुसार २४ बर्षीय सुनिल दसौदीले सर्विया मुलुक पठाईदिने भन्दै २२ लाख ३८ हजार ठगि गरेको पाइएको छ । त्यस्तै ३१ बर्षीय विकास दवाडीले जापान रोजगारमा पठाईदिने भन्दै दुई जना पीडितसंग ३ लाख अशुलेको पाइएको छ । त्यस्तै गोरखाका सुरेन्द्र बिकले अमेरिका रोजगारमा पठाईदिने भन्दै एकै पीडितबाट ९७ लाख ५४ हजार रकम ठगि गरेको पाइएको छ । त्यस्तै ठगि कार्यमा संलग्न २४ बर्षिया विशाख्रा पौडेलले कुवेत रोजगारको लागि भन्दै १ लाख ६० हजार अशुलेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ