2026-09-19 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एक महिना बितिसक्दा समेत प्रशासनले पठाएको पत्रको जवाफ आएन

सम्राट सिंह/बैशाख ९, बझाङ । ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप बारे जिल्ला प्रशासन कार्यालय बझाङले पठाएको पत्रको करिब एक महिना बितिसक्दा समेत जवाफ आएको छैन ।

करिब एक महिना अगाडि प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा एक व्यापारीलाई दिएको आरोप बारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बझाङले प्रतिक्रिया पठाउन जिल्ला शिक्षा कार्यालय बझाङलाई पत्र लेखेको हो ।

जिल्ला शिक्षाका प्राविधिक उत्तम बहादुर सिंह र लोक राज उपाध्यायले कमिसन लिएर हरिओम ट्रेड एण्ड सप्लायर्स लाई निर्माणको जिम्मा दिएको आरोप बारे विभिन्न संञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले पत्र लेखेको थियो ।

प्राविधिकले विभिन्न विद्यालयहरुका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अर्को ठाउँमा बनाएको भवन पास नगर्ने भन्दै दवाब दिएपछि जिल्लाका झण्डै २० विद्यालयहरुले ट्रस भवन निर्माणको जिम्मा हरिओम ट्रेड एण्ड सप्लायर्सलाई दिएको आरोप लागेको छ ।

विद्यालयका भवन तथा अन्य भौतिक निर्माणका कार्यहरु टेन्डर अथवा कोटेसन मागेर निर्माण गर्नुको सट्टा सिधै हरिओम ट्रेड एण्ड सप्लायर्स सँग सम्झौता गरी ट्रस भवन निर्माण गरेको भन्दै स्थानिय व्यापारीले समेत आपत्ती जनाएका थिए ।

सप्लायर्स सँग ट्रस मात्र निर्माण गर्न २ कोठेको ४ लाख ८५ हजार र ३ कोठेको ६ लाख ८० हजार रकममा जिम्मा दिएको जनाएको छ । ग्रील उद्योग नै नभएको सप्लायर्सलाई ट्रस भवन निर्माणको जिम्मा दिएपछि यस कार्यको आलोचना भएको बुझिएको छ । आफुसँग ग्रील उद्योग नभएपछि हरिओम ट्रेड एण्ड सप्लायर्सले पनि २ कोठे भवनको ३ लाख ४० हजार र ३ कोठे भवनको ५ लाख १० हजार रकममा स्थानिय राजेश ग्रील उद्योगलाई निर्माणको जिम्मा दिएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट यस बर्ष १८ वटा ३ कोठे र १० वटा २ कोठे गरी जम्मा २८ वटा स्टिल ट्रस भवन निर्माण हुन थालेका छन । ३ कोठे भवन निर्माणको कूल लागत १९ लाख ५० हजार रहेको छ भने २ कोेठे भवन निर्माणको लागत १३ लाख ५० हजार रहेको छ ।

विभिन्न संञ्चार माध्यममा ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप प्रकाशित भएको हुँदा यसको अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालयलाई लेखेको पत्रको जवाफ हाल सम्म पनि नआएको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । एसएलसी परिक्षाले गर्दा पत्रको जवाफ आउन ढिलो भएको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई