Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरो गोठमा पस्दा पाँच गाई मरे, पन्ध्र लाखको क्षति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ५, सन्धिखर्क । सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट आएको पहिरो गोठमा पसि गाइगोठ भत्कींदा पाँच वटा गाई मरेका छन् । आज बिहान एक्कासी पहाडबाट झरेको  पहिरो गोठमा पसि तिन वटा गर्भावस्थाका, एक वटा लैनो र एक बाछी गरि पाँच वटा जर्सी गाइ मरेको हिमालयन नमुना पशुपालन केन्दका ब्यबस्थापक राम चन्द्र भुसालले जानकारी दिनुभएको छ ।

गत बर्षको कार्तिमा बिस लाखको लागतमा ब्याबसायीक गाईपालनको निम्ती निर्माण गरिएको गोठमा पनि पहिरोले भत्काएपछि झन्डै पन्ध्र लाख बराबरको क्षती भएको ब्यबस्थापक भुसालले बताउनुभएको छ ।