२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हजारौं श्रदालु तथा दर्शनार्थीहरुले गरे बान्नीको कांकर र बान्नी मष्टाको दर्शन

२०७३, १० बैशाख शुक्रबार १२:४१

सम्राट सिंह /बैशाख १०, बझाङ । सुदुर पश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन ।

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारे पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।
bajhang
होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भए पछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी देविराज पन्डितले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै २५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु विच भकुन्डो खेल्ने प्रचलन रहेको छ ।

यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाविसको बान्नी चौरमा आउने गर्दछन । राक्षस लाई मारी सके पछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ ।

चैतली मेला हेर्नकै लागी भनेर पाल्पा जिल्लाबाट बझाङ आएका विजय रेग्मीले आफुले कहिल्यै नदेखेको दृष्य चैतलीमा देखेको बताए । उनले भने ‘त्यति ठुलो रुखलाई मान्छेले समातेर हिडाएको आज सम्म देखेको थिएन । हेर्दा असाध्यै रमाइलो पनि लाग्यो । डर पनि लाग्यो’
मेला हेर्न र प्रर्बधन गर्नका लागी यस पटक नेपाल पर्यटन बोर्डको एक टोली पनि बझाङ आएको छ । बोर्डका बरिष्ठ अधिकृत खड्कविक्रम शाहको नेतृत्वमा सुन्दर सुदुर पश्चिम पर्यटन विकास अभियानका अभियन्ता किसोर खडका, पर्यटन व्यवसायीको छाता संगठन सोट्टो नेपालका अध्यक्ष यम खड्का र विभिन्न मिडियाका पत्रकारहरुको टोली चैतली पुगेको थियो ।

चैतली मेलामा बोर्डको सहभागीताले यहांको संस्कृती प्रर्बधनहुने र पर्यटकहरुको आवागमन बढ्ने आफुहरुले आसा राखेको चैतली मेला व्यवस्थापन समितिका एक सदस्य मनोेज पन्डितले बताए । यस वर्ष १० हजार भन्दा बढी दर्शनार्थीले चैतली मेला हेरेको उनले बताए ।

फोटो क्याप्सन :चैतली मेलामा कांकर (लिङ्गो) बोकेर ल्याउदै गरेका स्थानियहरु /तस्विर: सम्रँट सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ