2026-07-05 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्व सांसद साहद्वारा जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग

सर्लाही | सर्लाही क्षेत्र न.१ पूर्व सांसद प्रमोद साह पार्टी परित्याग गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै जसपा नेपालको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

२७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा दिएको उनले बताएका छन् ।

उनले पार्टी अध्यक्षमाथि विभिन्न आरोप समेत लगाएका छन् । जसपा नेपालको महाधिवेशनमा केन्द्रीय अध्यक्षले आफनो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरिँदा सर्लाहीबाट कोही नअटाएको उनले गुनासो गरे ।

उनले विज्ञप्तिमा भनेका छन्,‘यसै वर्ष अषाढमा जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा भएको महाधिवेशन हुँदा आफू पनि सचिव पदको उम्मेदवारी गरेको थिए तर पार्टी नेतृत्वको कारण चुनाव हुन सकेन र सवै अधिकार केन्द्रिय अध्यक्षमा निहित गरियो ।तत पश्चात् केन्द्रिय अध्यक्ष ज्युबाट आफ्नो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरियो । सर्लाही जिल्ला यी पदहरुबाट वञ्चित रहयो अर्थात हामी कतै अटाएनौं । यो कुराको विरुद्धमा म बोल्दै रहे । यसले गर्दा सर्लाही जिल्लाको संगठन विस्तारको कार्य अबरुद्ध हुँदै गयो ।जसको बारेमा केन्द्रिय अध्यक्ष,प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरु समेतलाई बारम्बार जानकारी गराउँदै रहे तर पनि कुनै किसिमको सुनवाइ भएन साथै मधेश राजनीतिको मूलभूत सिद्धान्त मुल्य मान्यतालाई समेत बिर्सदै गएको हुँदा आज मिति २०८१/१०/१७ गते बाट आफुले सम्हाल्दै आएको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेतबाट २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै