साउन ६, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । 

कहिले लेन अनुशासन मिचेको त कहिले फरक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । 

कहिले लेन अनुशासन मिचेको त कहिले फरक "/>

2026-06-17 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा लापरवाही, एकै चालक ५० पटकसम्म कारबाहीमा

2017-07-21

साउन ६, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । 

कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा उनी कारबाहीमा परे। चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन। जो आए पनि कारबाहीमा परिरहे।

सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुप तामाङको मृत्यु भयो। प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रष्ट छ। तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे। तर गाडी चलाउने सरकारी अनुमति पाइरहे।

अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा एक वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो। नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो।

यसमा तीन किसिमका कमजोरी थिए। बसमा बढी विद्यार्थी हुनु, बस अति जीर्ण हुनु र पटकपटक गल्ती गर्ने चालक हुनु। प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार सेवाले लाइसेन्स लिएको ९ वर्षमै सानाठूला गरी २६ दुर्घटना गराएका छन्।

२०६३ मा वाग्मती अञ्चल कार्यालयबाट लाइसेन्स  लिएको केही महिनामै उन्नले ठक्कर दिए र जरिवाना तिरेर निस्के। ट्राफिक प्रहरी महाशाखाका अनुसार ६ महिनामा उले ३ पटक जरिवाना तिरे।  

२०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे। २०७२ मा ५ पटक जरिवानमा परे। ०६५ सालमा तनहुँको घाँसीकुवामा दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो। पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै उनले पुनः गल्ती गरी जरिवाना तिरे। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु