साउन ६, नवलपरासी । नवलपरासीमा सञ्चालित गरिवी निवारण कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७१/७२ वाट हालका ३ नगरपालिका र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, नवलपरासी । नवलपरासीमा सञ्चालित गरिवी निवारण कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७१/७२ वाट हालका ३ नगरपालिका र"/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रभावकारी बन्दै गरिवी निवारण कोष कार्यक्रम

२०७४, ६ श्रावण शुक्रबार ०६:४९


साउन ६, नवलपरासी । नवलपरासीमा सञ्चालित गरिवी निवारण कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७१/७२ वाट हालका ३ नगरपालिका र ८ गाउँपालिकामा लागु भएको कोषको कार्यक्रमले गरिब मानिसहरुलाई घुम्ती कोष मार्फत आर्थिक सहयोग गरेपछि उनिहरु आयआर्जनमुखि बन्दै गएका छन् । 

ईन्द्रेणी समाजिक बिकास मञ्च बर्दघाट, बिजय बिकास तथा स्रोत केन्द्र, सामुदायिक बिकास तथा अनुसन्धान केन्द्र, स्वर्णिम सामुदायिक बिकास प्रतिष्ठान नवलपरासीद्धारा संयुक्त रुपमा सञ्चालित गिरिबि निवारण कोष कार्यक्रम नवलपरासीको साविकका ३० वटा गाविसहरुमा सञ्चालन गरिएको छ । खासगरि बिपन्न सामुदायका मानिसहरुलाई आयआर्जनमा पँहुच पुर्याउनका लागि कोषले बिशेष गरि पशुपालन, साना ब्यपार र कृषि ब्यवसायमा लगानी गर्दै आएको छ । 

कोषका साझेदार संस्थाहरुले सविकका ८ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा १ सय ३९ सामुदायिक संस्था गठन गरि रु ४ करोड ९१ लाख १५ हजार ७ सय १४ रुपैया बिभिन्न आयआर्जनमुखि काममा लगानी गरेको जनाएको छ । साझेदार संस्था मध्ये ईन्द्रेणि समाजिक बिकास मञ्च बर्दघाटले साविकका ठुलो खैरटवा, पक्लिहंवा, गुठी प्रसौनी, कुडिया, हरपुर, गेर्मि, पाल्ही र बडहरा दुबौलिया, यस्तै बिजय बिकास स्रोत केन्द्रलेपनि ८ गाविस,क्सामुदायिक बिकास तथा अनुसन्धान केन्द्र र स्वर्णिम सामुदायिक बिकास प्रतिष्ठानले सात सात गाविसमा गरिबि निवारण कोषको कार्यक्रम सञ्चालन गरेका छन् । 


कोषले जिल्लामा पशुपालनमा १५ सय, साना ब्यपारमा १ सय १८ र कृषि ब्यवसायमा २३ जनालाई आबद्ध गराई आयआर्जनमा लगानी गरेको छ । यस्तै गरिबि निवारण कोषले जिल्लामा भौतिक पुर्वाधार निर्माण योजनामा लगानी गरेको छ । 

कोषले बुलिङ्गटारको डाडाथोकमा रु १५ लाख ४६ हजार ८२९ रुपैया अनुदान दिई सिंचाई योजना निर्माण गर्न लगानी गरेको छ भने बुलिङ्गटार ९ मा राजथुम्कि कल्भर्ट निर्माण योजना, कोल्हुवा ३ मा मध्यबिन्दु लिफ्ट सिंचाई योजना, साविक नरम गाविस १ मा धारादि खोल्छा खानेपानी योजना र गेर्मि ३, ४ र ५ मा दुध चिस्यान केन्द्रमा जम्मा रु ६४ लाख ७३ हजार ८ सय ९४ रुपैया अनुदान दिएको कोषका कार्य प्रबन्धक रामशुन्दर नेपालीले सुनवलमा आयोजित बार्षिक समिक्षा कार्यक्रममा जानकारी गराउनु भयो । 

गरिबि निवारण कोषले स्थानीय स्तरमा गरिब समुदायमा पशुपालन ब्यवस्थापन तालिम, ब्यवसायिक योजना अभिमुखिकरण, सामुदायिक संस्थाका पदाधिकारीहरुलाई नेतृत्व बिकास सम्बन्धि तालिम जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आयआर्जनमा अभिप्रेरित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो