Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२९ कार्तिक २०८१, बिहीबार
पर्बत - PBT

नगरप्रमुख जोशीको निर्देशनमा – सेवाअवधि सकिएका ११ कर्मचारीले सेवा प्रवाह गर्दै

६ श्रावण २०७४, शुक्रबार ०८:४८



पर्वत । पर्वत सदरमुकाम रहेको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको निर्देशनमा म्याद सकिएका कर्मचारीलाई काममा लगाएको पाईएको छ । नयाँ कर्मचारी थप गर्न तथा करारका कर्मचारीलाई म्याद थप गर्न नगर बोर्डको बैठकले पास गर्नुपर्नेमा एकलौटी ढंगले म्याद थप नगरि काममा लगाए पछि वडा अध्यक्षहरुले बिरोध जनाएका छन् ।
कुश्मा नगरपालिकामा कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्यूटर अपरेटर ३ जना, कार्यालय सहायक चौंथो २ जना, डाईभर २ जना र कार्यालय सहायक ३ जना गरि ११ जनाको गत असार मसान्तमा म्याद सकिएको हो । म्याद सकिएको एक हप्तासम्म पनि उनीहरु कार्यालयको हाँजिरी रजिष्टरमा हाँजिर गराई काममा लगाइएको कार्यालयका सूचना अधिकारी लाल प्रसाद शर्माले जानकारी दिए ।
करार सेवा अन्तर्गत १ वर्षे करारमा लिइएका कर्मचारीहरुको म्याद सकिएपछि हाँजिर गर्न नपाईने भएपनि कार्यालयको हाँजिरी रजिष्टरमा हाँजिर गरिरहेका छन् । हाँजिर कसले कसरि गराएको भन्नेमा कार्यालयका प्रमुख नै अनविज्ञ रहेका छन् । यसरी काममा लगाउनु नियम विपरित भएपनि नगरपालिकाका प्रमुखले आँफूखुशी काममा लगाई रहेको बताईएको छ । नगरपालिकाका कार्यकारी अधिकृत हिरामणी सुबेदीका अनुसार आँफूले काममा नलगाएको र यो विषयमा नगरप्रमुखसँग नै जानकारी लिन आग्रह गरे । मलाई यो विषयमा केही जानकारी छैन उनले भने यो विषयमा मेयर साव लाई नै सोध्नुस् । तर हालै स्थानिय निकाय निर्वाचनबाट मेयरमा निर्वाचित भएका रामचन्द्र जोशीले भने पटक पटक सम्पर्क गर्दा फोन नै उठाएनन् ।
तत्कालिन कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डीका पौडेलले नियम विपरित ति सबै कर्मचारी करारमा नियुक्ती गराएका थिए । तर नयाँ जन प्रतिनिधीले भने नयाँ प्रक्रिया अनुसार कार्यालयको आवश्यकताका आधारमा कर्मचारी थप गर्नुपर्ने अडान लिएका छन् । नगरपालिकाको कार्यकारी बोर्डमा एमालेको बहुमत रहेको छ भने काँग्रेसका मेयर र उप मेयर सहित अल्पमतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट ‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’ अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस विश्‍वकप छनोटको अन्तिम खेलमा युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दावी चारसय १५ जना सहसचिव र उपसचिव पदपूर्तिका लागि माग डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ ‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन् १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने जलवायु समस्या र गरिवी निवारणलाई एकिकृत रुपमा सम्बोधन गर्नुपर्छ : राष्ट्रपति पौडेल ४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जान पक्राउ कोटेश्‍वरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु