४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप अभियान शुरु

२६ बैशाख २०७३, आईतवार ०७:०३

सम्राट सिंह/ बैशाख २६, बझाङ । विकट हिमाली जिल्ला बझाङमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप अभियान शुरु भएको छ ।

जापानिज इन्सेफ्लाइटिस रोग नियन्त्रण गर्ने उद्येश्यले आइतबारबाट बझाङ जिल्लामा पनि खोप अभियान शुरु गरिएको हो ।
एक बर्ष पूरा गरी पन्ध्र बर्ष ननाघेका जिल्लाका सम्पूर्ण बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भानुभक्त जोशीले बताए । जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थामा खोप दिइने उनको भनाइ छ ।

नेपालमा ८५ प्रतिशत १५ बर्ष मुनिका बालबालिकाहरुमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको तथ्यांकमा उल्लेख छ ।
आजदेखि शुरु भएको खोप कार्यक्रम अन्य जनस्वास्थ्य कार्यक्रम प्रभावित नहुने गरी जेठ महिना भर संञ्चालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

यातायातको बिस्तार लगायत विभिन्न कारणले जापानिज इन्सेफ्लाइटिस रोग तराईमा मात्र नभएर पहाडि तथा हिमाली जिल्लाहरुमा समेत देखा परेको छ ।

जापानिज इन्सेफ्लाइटिस रोगको समयमा नै उपचार नभएमा करीब एक तिहाई बिरामीहरुमा हातखुट्टा पक्षघात,व्यवहार परिवर्तन,स्मरण शक्तिमा कमी आउने जस्ता स्नायु्सँग सम्बन्धित कडा किसिमको मानसिक तथा शाररिक अपाङ्गता हुन्छ भने बाँकी एक तिहाइ बिरामीहरु निको हुन सक्ने जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बिष्णु खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’