2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सा पाउन छोडेपछि धमाधम घर फर्किदै यार्सा सङकलक

सम्राट सिंह/ बैशाख २६, बझाङ ।  विकट हिमाली जिल्ला बझाङबाट यार्सा सङकलन गर्न लेकतिर गएका यार्सा सङकलकहरु धमाधम घर फर्किन थालेका छन । लेकमा करिब एक हप्ता बस्दापनि यार्सागुम्बा नभेटाए पछि यर्सा सङकलकहरु घर फर्केका हुन ।

यार्सा सङकलन गर्ने स्थानमा पर्याप्त हिँउ र पानी नपरेपछि यार्साको टुसा जमिन भन्दा माथी नआएकाले यार्सा भेटाउन कठिन भएको मेलबिसौना गाविस का यार्सा सङकलक सुरेन्द्र सिंहले बताए । उनले भने यार्सा नभेटाएपछि लेकबाट आफुसँगै १७ जना यार्सा संकलकको टोली घर फर्केका हौँ ।

छोटो समयमा राम्रो आम्दानि हुने भएकाले जिल्ला भित्र र बाहिरबाट झण्डै ३० हजार भन्दा बढी यार्सा संकलक लेकतिर जाने गर्दछन ।
जिल्लाको सबैभन्दा बिकट गाविस काँडा को नाका भएर निलकट्टी , कालापानी, राइढुंगी, माझा र अमलागाड भन्ने स्थानमा यार्सा संकलन गर्न गएका यार्सा संकलकहरु केहि फर्कि सकेको र केही फर्किने क्रम जारी रहेको छ ।

त्यस्तै सुर्मा र दौलिचौर गाविसको नाका भएर गएका यार्सा संकलकहरु पनि फर्किने क्रम जारी रहेको दौलिचौर गाविसका चक्र बोहोराले बताए । मुुख्य आम्दानीको स्रोत यार्सा पनि पाइएन खडेरीका कारण उब्जनी पनि नभएका कारण यसबर्ष बझाङमा भोकमरी हुने समेत उनको भनाइ छ ।

खडेरी कारण यसबर्ष बझाङमा ७५ प्रतिशत उब्जनी घटेको छ । यसबर्ष लेकमा हिमपात कम भएका यार्सागुम्बा उत्पादनमा कमी आउने जिल्ला बन कार्यालयका रेन्जर हेमराज पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई