२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सा पाउन छोडेपछि धमाधम घर फर्किदै यार्सा सङकलक

२६ बैशाख २०७३, आईतवार ०८:२४

सम्राट सिंह/ बैशाख २६, बझाङ ।  विकट हिमाली जिल्ला बझाङबाट यार्सा सङकलन गर्न लेकतिर गएका यार्सा सङकलकहरु धमाधम घर फर्किन थालेका छन । लेकमा करिब एक हप्ता बस्दापनि यार्सागुम्बा नभेटाए पछि यर्सा सङकलकहरु घर फर्केका हुन ।

यार्सा सङकलन गर्ने स्थानमा पर्याप्त हिँउ र पानी नपरेपछि यार्साको टुसा जमिन भन्दा माथी नआएकाले यार्सा भेटाउन कठिन भएको मेलबिसौना गाविस का यार्सा सङकलक सुरेन्द्र सिंहले बताए । उनले भने यार्सा नभेटाएपछि लेकबाट आफुसँगै १७ जना यार्सा संकलकको टोली घर फर्केका हौँ ।

छोटो समयमा राम्रो आम्दानि हुने भएकाले जिल्ला भित्र र बाहिरबाट झण्डै ३० हजार भन्दा बढी यार्सा संकलक लेकतिर जाने गर्दछन ।
जिल्लाको सबैभन्दा बिकट गाविस काँडा को नाका भएर निलकट्टी , कालापानी, राइढुंगी, माझा र अमलागाड भन्ने स्थानमा यार्सा संकलन गर्न गएका यार्सा संकलकहरु केहि फर्कि सकेको र केही फर्किने क्रम जारी रहेको छ ।

त्यस्तै सुर्मा र दौलिचौर गाविसको नाका भएर गएका यार्सा संकलकहरु पनि फर्किने क्रम जारी रहेको दौलिचौर गाविसका चक्र बोहोराले बताए । मुुख्य आम्दानीको स्रोत यार्सा पनि पाइएन खडेरीका कारण उब्जनी पनि नभएका कारण यसबर्ष बझाङमा भोकमरी हुने समेत उनको भनाइ छ ।

खडेरी कारण यसबर्ष बझाङमा ७५ प्रतिशत उब्जनी घटेको छ । यसबर्ष लेकमा हिमपात कम भएका यार्सागुम्बा उत्पादनमा कमी आउने जिल्ला बन कार्यालयका रेन्जर हेमराज पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट