साउन ७, काठमाडौं | अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं | अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।सं"/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी हट्यो नेपाली आकाश कालोसूचीबाट ?

७ श्रावण २०७४, शनिबार ०२:४९

साउन ७, काठमाडौं | अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। 

संगठनको मिसन टोलीले सन् २०१३ मा गरेको अडिट रिपोर्टका आधारमा आईकाओले नेपाली आकाशलाई कालोसूचीमा राखेको थियो। संगठनले नेपालको हवाईसम्बन्धी गतिविधिलाई मापदण्डभन्दा अति नै कमजोर रहेको भन्दै कालोसूचीमा राखेको थियो।

सोही मिसन टोलीको रिपोर्टलाई आधार मानेर ईयू (युरोपियन हवाई संगठन) ले समेत नेपाली हवाई जहाज कम्पनीलाई युरोपियन आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो।चार वर्षअघि लागेको प्रतिबन्धपछि नेपालले डिसेम्बरमा आईकाओको मिसन टोलीलाई बोलाएको थियो। जुलाई ४ मा नेपाल आएको आईकाओको दुई सदस्यीय अडिटर टोलीले चारवटा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनी र हवाई क्षेत्रका ऐन–कानुनको अध्ययन तथा निरीक्षण गरेका थिए।

निरीक्षण टोली अडिटकै क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा सुपरिवेक्षणको प्रभावकारिता बुझ्न नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको समेत निरीक्षण भ्रमण गरेको थियो। अडिटर टोलीले नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिस पालनामा आइकाओले निर्धारण गरेको औसत ६० प्रतिशत हुनुपर्ने प्रावधान भए पनि नेपालको ६६.०८ प्रतिशत रहेको रिपोर्ट संगठनमा पेस गरेको थियो। सन् २०१३ को अडिटमा नेपाल ४३ प्रतिशतमा थियो।

सोही रिपोर्टका आधारमा नेपाललाई आईकाओले कालोसूचीबबाट हटाउने निर्णय गरेको हो। अब ईयूको प्रतिबन्ध पनि हट्न सक्ने श्रेष्ठको विश्वास छ। प्राधिकरणले छिट्टै ईयूलाई प्रतिबन्ध हटाउन आग्रह गर्दै पत्रचार गर्ने भएको छ।

प्रतिबन्ध हटेको अवस्थामा नेपाली वायु सेवा कम्पनीले सिधै युरोपका आकाशमा उडान भर्न पाउनेछन्। सन् १९९६ मा सम्पन्न आईकाओको ३२ औं बैठकले विश्वव्यापी उडान सुरक्षा सुपरिवेक्षण अडिटको अवधारणालाई स्वीकृत गरेपछि १९९९ देखि अडिट कार्यक्रम सुरु भएको थियो।अडिटकै क्रममा नेपाल सन् २०१३ मा आईकाओको गम्भीर सुरक्षा चासोको सूचीमा परेको थियो। प्राधिकरणका महाप्रबन्धक सञ्जीव गौतमले आईकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटे पनि युरोपियन युनियनको कालोसूचीबाट भने हट्न बाँकी रहेको बताए।

‘रिपोर्टका आधारमा ईयूलाई पनि कालोसूचीबाट हटाउन आग्रह गरिनेछ’, उनले भने, ‘यही रिपोर्टका आधारमा युरोपियन युनियनले कालोसूचीबाट हटाउने सम्भावना कम छ।’आईकाओले हवाई कानुन, संगठन, व्यक्तिगत इजाजत, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन गरी आठ वटा क्षेत्रको निरीक्षण गर्दै आएको छ।

प्रतिबन्ध सुधारका लागि नेपाल र आईकाओ बीच सन् २०१५ मा प्राविधिक सहयोग गर्ने सम्झौता भएको थियो। सोही प्राविधिक सहयोगमा नेपालले आईकाओको मापदण्ड सुधार गर्न सफल भएको गौतमको भनाइ छ। यसलाई निरन्तर जोगाइराख्न आवश्यक हुने उनको भनाइ छ। – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा