साउन ७, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानक"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी दललाई भाजपाको सुझाव – असोज २ को चुनावमा जानुस्

२०७४, ७ श्रावण शनिबार ०३:०९

साउन ७, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई पनि आग्रह गरेको छ ।

स्थानीय तह अधिकारसम्पन्न हुँदा नेपालको स्थायित्वमा सहयोग पुर्याउने र त्यो भारतको दीर्घकालीन हितमा पनि हुने उसले बताएको छ ।

‘हाम्रो राजनीतिक नेतृत्वले नजिकको शुभेच्छुकका नाताले मधेसीदेखि सबैसँग भनेको छ कि स्थानीय तहले अधिकार पाउनुपर्छ, यसका लागि मधेसी दलहरू पनि स्थानीय निर्वाचनमा सहभागी हुनुपर्छ,’ भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले भने । स्थानीय चुनावले लोकतन्त्र सुदृढ हुने र स्थिरताका लागि सहयोग पुर्याउने भारतको निष्कर्ष रहेको र यो भारतको बृहत्तर हितमा पनि रहेको उनको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचनमा दायाँबायाँ नगरी सहभागी हुन मधेसी दलहरूलाई भनेका छौँ र समस्या समाधानका लागि निरन्तर प्रयत्न गर्न बाँकी दलहरूलाई पनि आग्रह गरेका छौँ,’ उनले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ