साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गर"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

एमालेवाट निर्वाचित आर्थरका वडा अध्यक्ष भिमप्रसाद गुरुङ अख्तियारको फन्दामा

७ श्रावण २०७४, शनिबार ०३:३२

साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले छानविन थालेको छ ।
विभिन्न शिर्षकमा अख्तियारले वडाध्यक्ष भिमप्रसाद गुरुङलाई अनुसन्धान थालेको हो । पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा उहाँमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


नवनिर्वा्चित वडाध्यक्ष गुरुङलाई अख्तियारमा तारेखमा वोलाएर अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियारमा मुद्धा परेपछि अध्यक्ष विवादित वन्नुभएको छ । दुईवर्षे कार्यालय पञ्चकोशी माविको अध्यक्ष हुँदा रकम लिएर शिक्षक नियुक्ति गरेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालय मार्फत पटक पटक पत्र काटेर जवाफ माग गरिएको अख्तियार पोखराले जनाएको छ ।


पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा उहाँमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


त्यस्तै सहकारी र भिडिएएफ कार्यक्रमको अनियमितताका वारेमा जिल्ला समन्वय समिति मार्फत स्पष्टिकरण लिईरहेको पनि जनाइएको छ । गुरुङले पञ्चकोशी पञ्चधाम सहकारीमा १४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको छ भने भिडिएफ कार्यक्रमको १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारमा मुद्धा दायर भएको छ ।


 उहाँले वडामा निर्वा्चित भएपछि पनि नियमविपरितका काम गर्दै आएको स्थानीयले आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट