2026-09-21 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

५ औँ खेलमा पनि रोकिएन नेपालको हारको शृङ्खला, आज नेदरल्याण्ड्ससँग १० विकेट पराजित

काठमाडौँ | महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल लगातार पाँचौं खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेदरल्याण्ड्सको भने यो तेस्रो जित हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन् । स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् ।

यसअघि नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । ५१ बलमा ५ चौका प्रहार गर्र्दै पूजा ६२ रनमा अविजित रहिन् ।

पाँचौं बलमा सम्झना खड्का ६ र २.४ ओभरमा ममता चौधरी १ रनमा आउट हुँदा धर्मराएको नेपाली ब्याटिङलाई पूजा र कप्तान इन्दु बर्माको साझेदारीले सम्मानजनक योगफलतर्फ लग्यो ।

तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरे । इन्दुले भने ३९ रन बनाइन् । रुबिना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी भने ७ रनमा अविजित रहिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले २ तथा हेदर सिगर्स र क्यारोलिन डे लाङ्गेले १–१ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो