Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 5, 2025 चितवन - CTW

चितवनमा रविविरुद्ध थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चितवन | सहारा चितवन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको छ ।

लामिछानेको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधीवक्ता बुद्धबहादुर थापाले बहस गर्ने गरी वकालतमा नाम लेखाइएको छ ।

बहस जारी रहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।