२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

२ गाँउपालीकाका ४ वाडमा ४७१ जना अपाङ्गता भएका ब्यक्ती

२०७४, ७ श्रावण शनिबार ०९:३२

डीबी विष्ट | साउन ७, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीका र छविसपाथीभेरा गाँउपालीककाका २÷२ वडामा जम्मा ४७० जना अपाङगता भएका ब्यक्ती फेला परेका छन् । यु.एम.एन. कलष्टर बझाङ द्धारा सन्चालीत समुदायमा आधारीत अपाङ्गता पुन स्थापना कार्यक्रमले गरेको सर्बेक्षण अनुसार खप्तड छान्ना गाँउपालीका वडा नं. ४ माझीगाँउमा १३७ जना, वाडा नं. ६ पाटादेबलमा १२९ जना,  त्यस्तै छविसपाथीभेरा गाँउपालीका वाड नं. १ मटेलामा ७७ जना र वाड नं. ६ ब्यासीमा १२८ जना गरी जम्मा ४७१ जना अपाङ्गता भएका ब्यक्तीहरु रहेका छन् । 

तत्कालीन जिल्ला विकास समीती (जिल्ला समन्वय समीती) ले २०६८ सालमा लिएको जनगणना अनुसार माँझीगाँउमा २२१ जना, पाटादेबलमा १२७ जना, मटेलामा १०४ जना र ब्यासीमा १४४ जना गरी ५९६ जना अपाङ्गता भएका ब्यक्ती रहेका थिए । २०६८ सालको जनगणनाको आधारमा हेर्दा १२५ जना अपाङ्गता भएका ब्यक्ती गाँउमा नभेटीएको यु.एम.एन. कलष्टर बझाङका शान्ति प्रबद्र्धन कार्यक्रम अधिकृत देब घर्तिमगरले बताउनु भयो । धेरै जस्तो अपाङ्गता भएका ब्याक्ती समाजमा अपहेलीत हुने डरले खुल्न समेत नचाहेका कारण २०६८ को जनागाणना भन्दा कम देखीएको हुन सक्ने उहाको भनाई छ । 

चार वाडमा सर्बेक्षण गर्दा धेरै जस्तो अपाङ्गता भएका ब्यक्तीहरु आफ्नै अभिभावक संग विदेश जानु र घरमा नभई लेक गएका कारण २०६८ सालको जनगणना भन्दा सर्बेक्षणमा गर्दा संख्यामा कमी आएको पाईएको मगरले बताउनु भयो । 

समुदायमा आधारीत अपाङ्गता पुन स्थापना कार्यक्रमले अपाङ्गता भएका ब्यक्तीहरुलाई शशक्ती करण गर्ने, शिक्षा  स्वास्थ्यमा पहुँच पुर्याउन सहयोग गर्ने, अपाङ्गता भएका ब्यक्तीहरुको जीविको पार्जनका सहयोग तथा पहुँच पुर्याई आत्मनिर्भर बनाउने र सामाजीक सुरक्षा भत्तामा पुहँच पुर्याउने कार्याक्रमको मेख्य उदेश्य तथा लक्ष्य रहेको कार्यक्रम अधिकृत कविता गुरुङले बताउनु भयो ।  चार वाडमा लिएको तथ्याङ्क अनुसार पुरुष भन्दा बढी महीला अपाङ् भएको देखीएको छ ।  ४७१ जनामा २५० महीला  र २२१ जना पुरुष अपाङ भएको पाईएको गुरुङले बताउनु भयो । 

अपाङ्गता भएका ब्यक्तीको सडकमा पहुँच 

धेरै जस्तो अपाङ्गता भएका ब्यक्तीहरुको सडक तथा सवारीका साधनहरुमा पहुँच न्यन देखीएको छ । चार वाडका ४७० जना अपाङ्गता भएका ब्यक्ती संग गरीएको कुराकानीका आधारमा २०५ जनाको  सडकमा पहँुच नै नभएको पाईएको छ भने २६५ जना ब्यक्तीको सामान्य पहुँच भएको जनाईएको छ ।  

जातीय आधारमा अपाङ्गता भएका ब्यक्ती 

चार वाडामा गरेको सर्वेक्षण अनुासर सबै भन्दा बढी ब्रामण क्षेत्रीमा बढी अपाङ्गता भएका ब्यक्ती फेला परेका छन् । ब्रामण तथा क्षेत्रीमा महीला १९०, पुरुष १७८, दलीतमा महीला ४० जना , पूरुष ३४ जना, मधेसी १ जना पुरुष , र अन्य महीला १९ जना र पुरुष ८५ जना फेला परेका छन् । 

कुन उमेर समुहका ब्यक्ती बढी ? 

सबै भन्दा बढी अपाङ्ग  जन्म देखी १९ बर्ष मुनीका बालबालीका रहेका छन् जन्मे देखी १९ बर्ष मुनी १४८, १९ बर्ष देखी ४० बर्ष उमेर समुह ९८ जना र ४१ बर्ष उमेर समुह देखी ६० बर्ष सम्म ७८ जना रहेको छन् । 

जसमा अपाङ्ग बढी हुनुको कारण चोटपटक तथा दुर्घटना बढी देखीएको छ । चोटपटक तथा दुर्घटनाका कारण ३९ जना अपाङ्गता भएका ब्यक्ती रहेका छन् भने, जन्मजात नै २९ प्रतिसत रहेको यु.एम.एन बझाङले जनाएको छ । 

परिचय पत्र र भत्ता 

अपाङ्ग परिचय पत्र ८३ प्रतिशत अर्थात ३९१ जनाले नपाएको गुनासो गरेका छन् भने ८० जना ब्यक्तीले मात्र परिचयपत्र पाएको बताएका छन् । यस्तै सामाजीक सुरक्षा ४७१ जनामा भत्ता ४१४ जनाले सामाजीक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् भने ५७ जनाले मात्र सामाजीक सरक्षा भत्ता पाएको बताएका छन् । 

परिवार र समाजले गर्ने ब्यावहार 

अपाङ्गता भएका ब्यक्तीलाई परिवार र समाजले गर्ने ब्यावहार भने राम्रो रहेको अपाङ्गता भएका ब्यक्तीले बताएका छन् । जसमा ४७१ जना मध्येले ४३८ जनाले परिवारले राम्रो ब्यावहार गर्ने गरेको बताएका छन् भने ३३ जनाले  आफुलाई नराम्रो ब्यावहार गरेको जनाएका छन् । साथी तथा दौतरीले ४२४ जनाले राम्रो ब्यावहार गर्ने गरेको र ४७ जनाले नराम्रो ब्यावहार गर्ने गरेको बताए । ४०५ जनाले समाजले गर्ने ब्यावहार राम्रो रहेको बतएका छन् भने ६६ जनाले आफुहरुलाई नराम्रो ब्यावहार गरेको बताए । 

अपाङ्गता सम्बन्धि ज्ञान 

चार वाडमा गरीएको सर्बेक्षण अनुसार ८० प्रतिशत अर्थात ३७६ जनाले अपाङ्गता सम्बन्धि कुनै पनी ज्ञान तथा जानकारी नभएको गुनासो गरेका छन् भने अली अली ज्ञान हुने १६ प्रतिशत तथा ७६ जना र सबै ज्ञान भएको १९ जना रहेको पाईएको छ । 

शिक्षाको अवस्था ? 

अपाङ्गता भएका ब्यक्तीहरुलाई सोधखोज गार्द शिक्षाको अवस्था पनी नाजुक रहेको पाईएको छ । ४७१ जनामा २२६ जना अशिक्षीत, ब्याजुलर पास ७ जना, प्लस टु पास २७ जना, शिक्षीत तथा समान्य हस्ताक्षर सम्म गर्न सक्ने ६८ जना , निमावि सम्म अध्यायन गरेका ४४ जना, पि.एच.डी. १ जना, ५ कक्षा सम्म अध्यायन गरेका ५८ जना र कक्षा १० सम्म अध्यायन गरेका ३७ जना रहेका छन् । यस्तै ब्यक्तीगत सम्पती ४२७ जनाको नरहेको र ४७ जनाको मात्र ब्यक्तीगत सम्पती रहेको पाईएको छ । 

समुह तथा राजनीतीमा आबद्ध 

अपाङ्गता भएका ब्यक्तीहरुको राजनिती तथा सामाजीक समुहमा समेत आबद्ध नरहेको पाईएको छ । ९० प्रतिशत ब्यक्तीले कुनै पनी सामाजीक समुहमा आबद्ध नरहेको बताए भने १० प्रतिशतले मात्र समाजीक समुहमा आबद्ध रहेको बताएका छन् । यस्तै राजनितीमा ३ प्रतिशत ब्यक्ती मात्र आबद्ध भएको पाईएको छ भने बाँकी ९७ प्रतिसत अपाङ्गता भएका ब्यक्ती कुनै पनी राजनीती पार्टीमा आबद्ध नरहेको पाईएको कार्यक्रम अधिकृत कविता गुरुङले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु