2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा चामल बितरण गरेपछि झण्डै ३१ सय घरधुरी लाभान्वित

bajhang newsसम्राट सिंह/बैशाख २९, बझाङ । खडेरी कारण खाद्यान्न संकट भइरहेको बेला चामल बितरण गर्दा जिल्लाका झण्डै ३१ सय घरधुरीहरुले लाभान्वित भएका छन ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत विश्व खाद्य कार्यक्रमको आर्थिक तथा खाद्यान्न र सप्रोस नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रमले चामल बितरण गरेपछि लाभान्वित भएका हुन ।

खडेरीका कारणले भोकमरीको चपेटामा परेको बेला स्थानियले १८ दिन काम गरे पछि ४५ के.जि.चामल र २७०० नगद रुपिया पाउने गरेका छन । जिल्लाका पाखो जमिनमा आकासे पानीको भरमा खेती पाती, सागतरकारी तथा फलफुल आदिको भरमा जिविको पार्जन गर्ने अधिकांश वस्तिहरुमा यसबर्ष खडेरीका कारण उब्जनीमा ६० देखि ७० प्रतिशत कमी आएको छ ।

यसपाली खडेरीले तुलवालीको विउ पनि छैन् छोरा छोरी पाल्नका लागि वाटो खन्न लागेका छौ स्याडी गाविसको लीम सडक खण्डमा काम गर्ने उपभोक्ता हर्का देवी वोहराले बताइन । उनले भनिन् खडेरी त कहिल्यै भएन अस्ति वाट त वाली नाली मात्र सकियो भन्ने थियो अव त घाँस पात पनि केहि पलाएको छैन गोरु, वाख्रा पनि मर्न थाले सवैलाई कसरी वाँच्नु हो ।

ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रम अन्तरगत आ.व. २०७२/२०७३ का लागि बझाङ्घ जिल्लाका ५ वटा गा.वि.स.वाँझ, भामचौर, सुनकुडा, देउलेख र स्याडी का ३०१३ घर धुरी समेटिएका सप्रोस नेपालका जिल्ला संयोजक चन्द्र सिंहले बताए । कार्यक्रमको निति अनुरुप प्रत्येक घरधुरिले १८ दिन काम गरेवापत ४५ के.जी.मोटो अरुवा चामल र २७०० नगद रु पाउने हो र पनि मुल्याङ्गकनको आधारमा भुक्तानी गरिने उनको भनाइ छ ।

सप्रोसको कार्यक्रम अन्तरगत ६ वटा सतह सिंचाई कुलो, ३ वटा ग्रामिण सडक, २ वटा ओखर खेती तथा घेरवार, २ वटा खानेपानी, १ वटा भु–क्षय नियन्त्रण, ३ वटा लघुजलविद्युतको नहर निर्माण गरी जम्मा १७ वटा योजनाको काम ९०% सम्पन्न गरी चामल वितरण तीन वटा ग्रामिण सडक वाहेक सवैमा भैसकेको छ ।

यस कार्यक्रम अन्तरगत का योजनाहरु निर्माणमा लगभग ७० प्रतिशत महिलाहरुको सहभागिता देखिएको छ सवैको समान पारिश्र्रमिक पाउने, सम्पुर्ण घरधुरिहरु मिलेर काम गर्ने, काम गर्ने व्यक्ति स्वयंले चामल तथा नगद भुक्तानी पाउने हुँदा सम्पुर्ण उपभोक्ता यस कार्यक्रम प्रति सन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक