२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा चामल बितरण गरेपछि झण्डै ३१ सय घरधुरी लाभान्वित

२९ बैशाख २०७३, बुधबार ०४:०७

bajhang newsसम्राट सिंह/बैशाख २९, बझाङ । खडेरी कारण खाद्यान्न संकट भइरहेको बेला चामल बितरण गर्दा जिल्लाका झण्डै ३१ सय घरधुरीहरुले लाभान्वित भएका छन ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत विश्व खाद्य कार्यक्रमको आर्थिक तथा खाद्यान्न र सप्रोस नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रमले चामल बितरण गरेपछि लाभान्वित भएका हुन ।

खडेरीका कारणले भोकमरीको चपेटामा परेको बेला स्थानियले १८ दिन काम गरे पछि ४५ के.जि.चामल र २७०० नगद रुपिया पाउने गरेका छन । जिल्लाका पाखो जमिनमा आकासे पानीको भरमा खेती पाती, सागतरकारी तथा फलफुल आदिको भरमा जिविको पार्जन गर्ने अधिकांश वस्तिहरुमा यसबर्ष खडेरीका कारण उब्जनीमा ६० देखि ७० प्रतिशत कमी आएको छ ।

यसपाली खडेरीले तुलवालीको विउ पनि छैन् छोरा छोरी पाल्नका लागि वाटो खन्न लागेका छौ स्याडी गाविसको लीम सडक खण्डमा काम गर्ने उपभोक्ता हर्का देवी वोहराले बताइन । उनले भनिन् खडेरी त कहिल्यै भएन अस्ति वाट त वाली नाली मात्र सकियो भन्ने थियो अव त घाँस पात पनि केहि पलाएको छैन गोरु, वाख्रा पनि मर्न थाले सवैलाई कसरी वाँच्नु हो ।

ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रम अन्तरगत आ.व. २०७२/२०७३ का लागि बझाङ्घ जिल्लाका ५ वटा गा.वि.स.वाँझ, भामचौर, सुनकुडा, देउलेख र स्याडी का ३०१३ घर धुरी समेटिएका सप्रोस नेपालका जिल्ला संयोजक चन्द्र सिंहले बताए । कार्यक्रमको निति अनुरुप प्रत्येक घरधुरिले १८ दिन काम गरेवापत ४५ के.जी.मोटो अरुवा चामल र २७०० नगद रु पाउने हो र पनि मुल्याङ्गकनको आधारमा भुक्तानी गरिने उनको भनाइ छ ।

सप्रोसको कार्यक्रम अन्तरगत ६ वटा सतह सिंचाई कुलो, ३ वटा ग्रामिण सडक, २ वटा ओखर खेती तथा घेरवार, २ वटा खानेपानी, १ वटा भु–क्षय नियन्त्रण, ३ वटा लघुजलविद्युतको नहर निर्माण गरी जम्मा १७ वटा योजनाको काम ९०% सम्पन्न गरी चामल वितरण तीन वटा ग्रामिण सडक वाहेक सवैमा भैसकेको छ ।

यस कार्यक्रम अन्तरगत का योजनाहरु निर्माणमा लगभग ७० प्रतिशत महिलाहरुको सहभागिता देखिएको छ सवैको समान पारिश्र्रमिक पाउने, सम्पुर्ण घरधुरिहरु मिलेर काम गर्ने, काम गर्ने व्यक्ति स्वयंले चामल तथा नगद भुक्तानी पाउने हुँदा सम्पुर्ण उपभोक्ता यस कार्यक्रम प्रति सन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा