प्रसिद्ध बागलुङ कालिका मन्दिरको विकास गर्न तथा सञ्चार माध्यमबाट प्रचारप्रसार र कलम चलाएबापत बागलुङका चार क्रियाशी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रसिद्ध बागलुङ कालिका मन्दिरको विकास गर्न तथा सञ्चार माध्यमबाट प्रचारप्रसार र कलम चलाएबापत बागलुङका चार क्रियाशी"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

कालिका पत्रकारीता पुरस्कारबाट बागलुङका ४ क्रियाशील पत्रकार सम्मानित

७ श्रावण २०७४, शनिबार १२:५२

प्रसिद्ध बागलुङ कालिका मन्दिरको विकास गर्न तथा सञ्चार माध्यमबाट प्रचारप्रसार र कलम चलाएबापत बागलुङका चार क्रियाशील पत्रकारहरु सम्मानित भएका छन । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष एवं अन्नपूर्ण पोष्टका पत्रकार दिल शिरीष, कान्तिपुर दैनिक पत्रकार प्रकास बराल, धवलागिरी टेलिभिजनका सम्पादक शुवास आचार्य र गोरखापत्र तथा सगरमाथा टेलिभिजनका पत्रकार प्रदीप पन्त सम्मानित भएका हुन । शनिबार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो । हरेक २ बर्षमा बागलुङ कालिका मन्दिरको क्षेत्रमा विशिष्ठ कलम चलाउने २÷२ पत्रकारहरुलाई कालिका भगवती गुठीले सम्मान गर्ने गरेको छ ।

नगद ५ हजार, फुुलमाला र मायाको चिनो सहित बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले दोसल्ला ओढाएर पत्रकारहरुलाई सम्मान गरेका थिए । कालिका पत्रकारीता पुरस्कार कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका प्रमुख जनक पौडेलले बागलुङ कालिका मन्दिरको विषयमा पत्रकारहरुले उठाएको कलम सराहनीय रहेको भन्दै बागलुङ नगरपालिकामा भएका नगर विकास तथा पर्यटन क्षेत्रको विकासमा सवैसँग हातेमालो गर्दै आफ्नो क्षेत्रबाट कलम चलाउन आग्रह गरे । कार्यक्रममा सम्मानित पत्रकारहरुले कालिका भगवती गुठीले पुरस्कृत गरेकोमा धन्यबाद दिदैँ यसले आफुहरुलाई अझै कलम चलाउन र दिर्घकालीन रुपमा पत्रकारीताको विकासमा हौसला थपेका बताएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का,होटल व्यवसायी संघका केन्द्रिय सहमहासचिव अर्जुन चोखाल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार कोपिला कडेँल लगायतले बोलेका थिए ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सचिव तथा मालपोत अधिकृत विश्वनाथ रेग्मीको स्वागत मन्तव्य,सदस्य निसान खड्काको धन्यवाद मन्तव्य र सञ्चालन प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट