२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जग्गाको विषयमा झडप हुँदा नौ महिने शिशुको मृत्यु

२०७४, ८ श्रावण आईतवार ०२:३४


साउन ८, काठमाडौँ । जग्गाको विषय लिएर एकै परिवारमा भएको दुई पक्षीय झडपमा परी नौ महिने शिशुको शुक्रबार राति मृत्यु भएको छ । 

घटनाको अनुसन्धानको लागि प्रहरीले तीन पुरुष र चार महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी (ईन्द्र मुखिया बिनकी नातिनी) किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना आरोपमा पक्राउ पर्नेहरु मृतककी हजुरआमा र हजुरबुवा पर्छन् ।

किरणको कसरी मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धानको लागि सातै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । उता विपक्षीको बाँसको भाटा प्रहारबाट शिशुको मृत्यु भएको पीडित पक्षले बतायो ।

चलितर मुखियाको जेठी र कान्छी श्रीमती पट्टीको छोराहरुबीच जग्गाको विवाद हुँदा दुई पक्षीय झडप भएको थियो । झडपको क्रममा दीपा मुखिया पक्षले इन्द्र मुखियाको परिवारमाथि आक्रमण गर्दा घटना भएको प्रहरी स्रोतले जनायो ।

तीन सन्तानकी आमा सुदामा झडपको त्रासले आफ्नी नौ महिने छोरी किरणलाई काखमा लिएर घरमा लुकीछिपी बसिरहँदा झडपको क्रममा बाँसको भठा लिएर घरमा प्रवेश गरेका पाँच/छ जनाको समुहले सुदामालाई कुटपिट गरेको थियो ।

त्यसैक्रममा विपक्षीले सुदामालाई भाटाले कुट्दा शिशुलाई समेत टाउकोमा चोट लाग्न पुगी शिशुको मृत्यु भएको स्रोतले बतायो । मृतक सुदामाकी कान्छी सन्तान थिइन् । विपक्षीको आक्रमणबाट शिशुकी ३० वर्षीया आमा सुदामा, हजुरबुवा इन्द्र मुखिया, काका लालुलगायत घाइते छन् ।

उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनायो । उनकी बाबु रोजगारीको सिलसिलामा विदेश छन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट