साउन ८, काठमाडौँ । भुकम्पबाट अति प्रभाबित १४ जिल्लाका लाभग्राही मध्ये अझैपनि ४ जिल्लाका लाभग्राहीहरुले तेस्रो किस्ता बापत रकम लिन सकेका छैनन् । 

तेस्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । भुकम्पबाट अति प्रभाबित १४ जिल्लाका लाभग्राही मध्ये अझैपनि ४ जिल्लाका लाभग्राहीहरुले तेस्रो किस्ता बापत रकम लिन सकेका छैनन् । 

तेस्र"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुकम्पबाट अति प्रभाबित ४ जिल्लामा तेस्रो किस्ता लिने शुन्य

२०७४, ८ श्रावण आईतवार ०८:१५

साउन ८, काठमाडौँ । भुकम्पबाट अति प्रभाबित १४ जिल्लाका लाभग्राही मध्ये अझैपनि ४ जिल्लाका लाभग्राहीहरुले तेस्रो किस्ता बापत रकम लिन सकेका छैनन् । 

तेस्रो किस्ता बापत रकम नलिएका मध्ये भुकम्पको केन्द«विन्दु रहेको गोरखा जिल्ला पनि परेको छ ।  गोरखालाई केन्द«विन्दु बनाएर भुकम्प गएको २७ महिना पुग्न लाग्दा समेत भुकम्पबाट क्षतिगस्त बनेका घरहरुको पुनःनिर्माणले तीव्रता पाउन नसकेको हो । 

निजी आवास निर्माण सम्पन्न गरेका घरधुरीले मापदण्ड पुरा गर्न नसेकेर सरकारबाट पाउने अनुदान पाउन सकेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार तेस्रो किस्ता रकम लिनेमा दोलखा अगाडि देखिएको छ भने अति प्रभावित ४ जिल्लामा कसैले पनि तेस्रो किस्ता रकम लिएका छैनन् । 

तेस्रो किस्ता रकम लिने घरधुरीमा दोलखा पहिलो 

निजी आवास निर्माणका लागि तेस्रो किस्ता लिने जिल्लाहरु मध्ये दोलखा जिल्ला सबैभन्दा अगाडि रहेको छ । दोलखाका कुल  ५२ हजार २ सय ६६ जना लाभग्राहीहरु मध्ये अनुदान संझौता सम्पन्न भएका घरधुरी ४८ हजार ५ सय ६९ रहेका छन् । जसमध्ये पहिलो किस्ता ४७ हजार ४२ जनाले लिएका छन् भने दोस्रो किस्ता ८ हजार ७ सय ९८ घरधुरीले लिएका छन् । ४८ हजार ५ सय ६९ घरधुरीसँग अनुदान संझौता भएपनि हालसम्म ५ सय ९१ घरधुरीले मात्र तेस्रो किस्ता बापत रकम बुझेका हुन् ।  

तेस्रो किस्ता रकम लिनेमा मकवानपुर दोस्रो, रसुवा तेस्रो स्थानमा 

राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणको तथ्याङ्क अनुसार तेस्रो किस्ता रकम लिनेहरु मध्ये दोस्रो स्थानमा मकवानपुर जिल्ला देखिएको छ ।

मकवानपुरका कुल ३१ हजार ६ सय ५८ लाभग्राहीहरु मध्ये २२ हजार ४ सय ९० घरधुरीसँग अनुदान संझौता भएको छ । २१ हजार ९ सय ६८ घरधुरीले प्रथम किस्ता लिएकोमा २३ सय ६८ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता लिने घरधुरी धेरै भएपनि तेस्रो किस्ता ५ सय ७७ भरधुरीले मात्र लिएका छन् ।

रसुवाका ११ हजार ६ सय २९ लाभग्राहीहरु मध्ये ९ हजार ७ सय १२ घरधुरीसँग मात्र अनुदान संझौता भएको छ । अनुदान संझौता पश्चात पहिलो किस्ता ९ हजार ७ सय ७० घरधुरीले लिएका छन् भने १३ सय ७९ घरधुरीले दोस्रो किस्ता बापत रकम बुझेका छन् । ९ हजार ७ सय १२ घरधुरीसँग अनुदान संझौता भएपनि ४ सय १ घरधुरीले मात्र तेस्रो किस्ता बापत रकम लिएका छन् ।

भुकम्पबाट अति प्रभाबित ४ जिल्लामा तेस्रो किस्ता रकम लिने शुन्य

अनुदान संझौता भएर पहिलो किस्ता बापत रकम लिएपनि गोरखा, धादिङ,भक्तपुर र काठमाडौँका भुकम्पपीडित हरुले अहिलेसम्म तेस्रो किस्ता बापत रकम लिएका छैनन् । 

अन्य १७ जिल्लामा तस्रो किस्ता रकम लिने संङख्या शुन्य

भुकम्पबाट प्रभाबित अन्य १७ जिल्लाका ९८ हजार २ सय १ लाभग्राहीहरु मध्ये ५८ हजार ९९ सय घरधुरीसँग मात्र अनुदान संझौता भएको छ । अनुदान संझौता भएका घरधुरीमध्ये  ३२ हजार ५ सय ३२ लाभग्राहीले मात्र प्रथम किस्ता बापतको रकम लिएका छन् । धेरैले प्रथम किस्ता लिएपनि दोस्रो किस्ता रकम जम्मा ३२ जनाले मात्र पाएका छन्भने तेस्रो किस्ता रकम लिनेहरुको संङख्या शुन्य छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी