७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीमा चक्कु लिएर प्रहरी लखेट्ने युवक नियन्त्रणमा, किन लखेटे?

३० माघ २०८१, बुधबार १२:४७

कैलाली | धनगढीमा ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। मंगलबार राति सवा ८ बजे हातमा चक्कु लिएर ‘हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेका हुन्।

सडकमा प्रहरीले उनलाई नियन्त्रणको प्रयास गरेको थियो। उनलाई नियन्त्रणमा लिन नसकेको भनेर स्थानीयले प्रहरीको आलोचना गरेपछि एकजना प्रहरीले ती युवकलाई पछाडिबाट लाठी प्रहार गर्छन्। लगत्तै ती प्रहरीलाई युवकले चक्कु प्रहारको प्रयाससहित लखेट्छन्। तर, केहीबेरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले ती युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको बताए।

‘यी युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनलाई मंगलबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।’

प्रहरीका अनुसार, आक्रमणमा उत्रिएका युवक धनगढी उपमहानगरपालिका-१४ का वर्ष ३६ का टेकबहादुर टमाटा हुन्। पक्राउ परेका टमाटालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या