2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी उद्योग वाणिज्यसंघमा खड्का प्यानल बिजयी

प्रकाश बम, भदौ २८, डोटी / उद्योग वाणिज्य संघमा नरेन्द्र खड्का नयाँ नेतृत्वका लागि निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न भएको मतगणनामा निवर्तमान अध्यक्ष बिरेन्द्र शाहलाई पराजित गर्दै उहा निर्वाचित हुनुभएको हो । एक जना सदस्य बाहेक उहाको पुरै प्यानल निर्वाचित भएको छ । खड्काले ५ सय १० मत प्राप्त गर्नु भएको छ । उहाका प्रतिद्वन्द्वी शाहले ३ सय ७२ मत प्राप्त गर्नुभयो ।

doti photo

उद्योग तर्फको उपाध्यक्षमा ४ सय ५४ मतका साथ बिक्रम बहादुर साउँद निर्वाचित हुनु भएको छ । उहाका प्रतिद्वन्दी शाह प्यानलका धन बहादुर शाहीले ३ सय ५० मत प्राप्त गर्नुभयो । बाणिज्य तर्फको उपाध्यक्षमा बम बहादुर धामी ३ सय ८३ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदबार नर बहादुर खड्काले एक सय ८८ मत प्राप्त गर्नुभयो । शाह प्यानलका शेर बहादुर बोगटीको एक सय ७४ मत मात्रै प्राप्त गर्नु भयो ।

सचिबमा प्रेम भण्डारीले २ सय को मतअन्तरले शाह प्यानलका केशर कठायतलाई पराजित गर्नुभयो । उहाहरुको क्रमशः ४ सय ७९ र दुई सय ७९ मत छ । कोषाध्यक्षमा पनि खड्का प्यानलकै रमेश जोरा ४ सय ३० मतका साथ निर्वाचित हुनुभयो । उहाका प्रतिद्वन्दी सन्तोष खड्काले २ सय ८६ मत प्राप्त गर्नुभयो । सचिबमा नयन सिँह बोहरा ४ सय २ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाकी प्रतिद्वन्दी कमला बोहराको ३ सय मत छ ।

सदस्यहरुमा खड्का प्यानलका सरस्वती खड्का ३ सय ५१ मत,खगेन्द्र जैशी ३ सय ४४ मत, लक्ष्मी श्रेष्ठ ३ सय ४३ मत, गणेश साउँद ३ सय ३७ मत, दिपक खड्का ३ सय २० मत, बम बहादुर बोगटी ३ सय १४ मत, खगेन्द्र बलायर ३ सय ७ मत र तेजराज भाट २ सय ८१ मतका साथ निर्वाचित हुनुभयो ।

शाह प्यानलका एकमात्र कुलराज जोशी २ सय ८७ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनीबार राती अबेरसम्म चलेको मतदानमा कुल १ हजार २ सय ६६ मतदाता मध्ये एक हजार २१ जनाले मतदान गरेका थिए । खसेको मतमध्येबाट ९ सय ३४ मत सदर र ८२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । जित पछि नव निर्वाचित अध्यक्ष खड्काले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पुरा गर्दै सम्पूर्ण उद्योगी व्यापारीको मनोभावना अनुसार काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई