लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको प"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको प"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

खाल्डोमा परेर मृत्यु भएकी बालिकाको परिवारले दश लाख क्षतिपूर्ति पाए

२०७४, ८ श्रावण आईतवार १३:४२

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको परिवारलाई चाइनीज गेजुवा गु्रपले दश लाख रुपैयाँ क्षतिपूर्ति बाफत सहयोग हस्तान्तरण गरेको छ । 

शनिबार दिउँसो बजारबाट घर फर्किने क्रममा बालिका पानीले भरिएको खाल्डोमा परेर मृत्यु भएको थियो । चमेलिया जलविद्युत आयोजनामा आइतबार बसेको पीडित परिवार जनप्रतिनिधि र निर्माण कम्पनी गेजुवा गु्रप साथै आयोजना बीच भएको छलफलपछि दश लाख रुपैयाँ क्षतिपूर्ति बाफत दिने सहमति भएको हो ।

आयोजनाका सहायक प्रबन्धक पुष्पराज जोशी, चाइनीज गेजुवा ग्रुपका सेफ्टी इन्जिनियर ल्यू, वडा नम्बर १ का अध्यक्ष भरतबहादुर खडायत र पीडितका तर्फबाट मृतक बालिकाका बुवा हर्कबहादुर खडायत बीच भएको छलफलमा दश लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । गेजुवा गु्रपले कमजोरी भएको भन्दै नगद रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको छ ।

साथै आयोजनास्थल वरिपरी खनिएका खाल्डा खुल्डीहरु तत्काल भरान गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ