२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

परशुराम नगरपालीमा विपद् पूर्वतयारी सामग्री रुडुक संस्थाद्धारा हस्तान्तरण

२०७४, ८ श्रावण आईतवार १३:५५

ललित बोहरा/साउन ८, डडेल्धुरा । डडेल्धुरा जिल्लाको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने परशुराम नगरपालिकामा विपद् पूर्वतयारीका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागी आइतबार एक कार्यक्रम बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लामा पहल कार्यक्रम संचालन गर्दै आईरहेको ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले उक्त कार्यक्रममा खोज उद्धारका लागी आवश्यक सामानहरु हस्तान्त्रण गरिएको हो ।

रुडुक डडेल्धुराले गैटी, बेल्जा, परुवा, साबेल, घन, थ्रो ब्याग, त्रिपाल, सिट्टी, माईक, स्टेचर, रेनकोट, टर्चलाईट, ट्युव लगायतका १९ किसिमका सामग्रीहरु परशुराम नगरपालिकाको विपद् व्यवस्थापन समितिका उपसंयोजक तथा नगरपालिकाका उपप्रमुख कलावती बोहरा लाई हस्तान्तरण गरेको छ ।

प्राप्त खोज उद्धार सामग्रीलाई यस क्षेत्रको अति नै संकट ग्रस्त क्षेत्रमा प्रयोग गर्ने र आगामी दिनमा बस्ती स्तर सम्मै खोज उद्धार सामग्री पुगाउने लक्ष्य रहेको र यसमा सबैले साथ दिनुपर्ने उपप्रमुख बोहराले बताएकी छिन् ।

 जिल्लाकै संवेदनशिल क्षेत्र भएकोले विपद् व्यवस्थापनको लागी आपतकालीन कार्ययोजनाका साथै खोज उद्धार सामग्री भण्डारण गर्ने छुट्टै स्थान निर्माण गर्नुपर्ने ईलाका प्रशासक दत्तुराम पाण्डेले बताएका छन् ।

 यस्तै जिल्लका भागेश्वर गाउँपालिका र आलिताल गाउँपालिकामा पनि यस्ता किसिमका उद्धार सामग्रीहरु केही दिनमै हस्तान्तरण गर्ने कार्यक्रम रहेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउँदले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो