साउन ९, काठमाडौं । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग पर"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

२०७४, ९ श्रावण सोमबार ०१:४४


साउन ९, काठमाडौं । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआइआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । काठमाडौंमा आयोजना हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी–व्यवसायीको सहभागिता रहनेछ ।

आजको नयाँ पत्रिकामा खबर छ– सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ ।’ सम्मेलनले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने उनले बताइन् ।

क्रस बोर्डर एक्स्पो अगस्टमा

महासंघले पश्चिम बंगाल सरकारसँगको सहकार्यमा आगामी अगस्टमा क्रस बोर्डर व्यापार तथा पर्यटन एक्स्पो आयोजना गर्ने भएको छ । २८ अगस्टका लागि तय भएको एक्स्पो पनि काठमाडौंमै आयोजना गरिने अध्यक्ष राणाले जानकारी दिइन् । ‘पश्चिम बंगाल र नेपालबीचको व्यापार तथा पर्यटनलाई बढाउन एक्स्पो गरिने भएको हो,’ उनले भनिन्, ‘यसले दुवै मुलुकबीचको व्यापार तथा पर्यटन विस्तारका सम्भावना र अवसर खोज्दै ठोस कार्ययोजना बनाउनेछ ।’

‘१ सय दिन सफल’

गत २८ चैतमा सम्पन्न महासंघको साधारणसभाबाट निर्वाचित राणा नेतृत्वको कार्यसमितिले एक सय दिनमा गरेको कार्यप्रगति आइतबार सार्वजनिक गरेको छ । आफूहरूको १ सय दिनको प्रगति उत्साहप्रद भएको वरिष्ठ धउपाध्यक्ष शेखर गोल्छाले बताए । ‘कार्यप्रगति समीक्षा गर्ने चलन पहिलोपटक स्थापना गरिएको छ,’ उनले भने, ‘यसले हामीले सुरु गरेका कामलाई अझ प्रभावकारी बनाउने आशा गरेका छौँ ।’

भारततर्फको व्यापार–लगानी प्रवद्र्धनलाई छुट्टै सेल

महासंघले ‘नेपाल–भारत लगानी तथा व्यापार प्रवद्र्धन सेल’ स्थापना गर्ने भएको छ । नेपाल र भारतबीचको व्यापारमा हुने विभिन्नखाले गैरभन्सार अवरोध न्यूनीकरण गर्न तथा समस्या समाधानको उपाय खोज्न छुट्टै सेलसमेत स्थापना हुने भएको हो । ‘छुट्टै सचिवालय र कर्मचारी राखेर भारततर्फको लगानी तथा व्यापार प्रवद्र्धनको सेल खडा गरिनेछ,’ उनले भनिन्, ‘यस्तो सेलले नेपाल र भारतबीचको लगानी तथा व्यापारमा देखिएका समस्या समाधानको प्रयास गर्नेछ ।’

भारतले लागू गरेको जिएसटीपछि नेपाल–भारत अनौपचारिक व्यापार ठूलो मात्रामा घट्ने महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘भारतबाट निर्यात हुने वस्तुमा शून्य जिएसटीको प्रमाणपत्र लिनैपर्ने बाध्यता छ, जसले अनौपचारिक व्यापारलाई घटाउनेछ,’ उनले भने । जिएसटीले नेपालको भन्सार राजस्व २०–२५ प्रतिशतले बढ्ने उनले बताए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ, उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ

(भवानी राणा, अध्यक्ष उद्योग वाणिज्य महासंघ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट