बागलुङ . बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ . बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

2026-11-05 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट ग्वालीचौर दुर्घटना २ को अबस्था गम्भीर, गृहमन्त्रालयबाट हेलिकाप्टर पठाउने तयारी

बागलुङ . बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ ।

ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटना स्थाल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए । दुर्घटनामा परि बाढिगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाईजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्युभएको हो । जीपमा ११ जना यात्रु सवार थिए । घाईते ६ जनाकै अहिले ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार हुँदैछ । भीरबाट तल खसेको जीप टुक्रटुक्रा परेको प्रहरीले जनाएको छ । उद्धारमा समेत कठिनाई भएको प्रहरी सहायक निरीक्षक लम्सालले बताए । साँघुरो बाटोमा हिलो समेत भएकाले मोड्ने क्रममा जीप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए ।

घाईतेको उपचारको लागि गृहमन्त्रालयबाट हेलिकप्टर ल्याउने विषयमा कुराकानी भएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

ग्रह मन्त्रालयबाट मौसम हेरेर तत्काल हेलिकप्टर पठाउने कुरा भएको उनको भनाई छ ।

घटना स्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीले घाईतेको उद्धार गर्दैछन् । घटना बारे थप विवरण आउन बाँकी रहेको बागलुङका प्रहरी प्रमुख एसपी चन्द्र कुबेर खापुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट