कमल पौडेल,  साउन ९ । बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल,  साउन ९ । बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइ"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट: दुर्घटनामा घाईतेहरुको थप उपचारकालागि सेनाको हेलिकप्टरव्दारा काठमाडौ पठाइयो

९ श्रावण २०७४, सोमबार १०:१७

कमल पौडेल/साउन ९,बाग्लुङ  बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरि उपचारको लागी काठमाडौं पठाइएको छ ।

घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएको हो । आज विहान भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।

गम्भिर घाइते भएका बडीगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीसलाई काठमाडौं पठाइएको हो ।

यता सोहि दुर्घटनामा मृत्यू भएका बडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजी ४२ वर्षका हुमेन काउचा, बडीगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थल नजिकै ग्वालीचौर स्वास्थ्य चौकीमा पोष्टमार्टमको व्यावस्था मिलाउन डाक्टर बोलाउन लागिएको गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिएका छन् । रणसिंहको घोरघोरे हुँदै जलजलाको वाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य