Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पोखरा । वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका- ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई सोमबार पक्राउ गरेको थियो। हिजो पक्राउ परेका गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको तनहुँ प्रहरीका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।