रुपन्देही । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।
बुधवार साँझ उनको शव नेपाल आइपुगेसँगै परिवार, आफन्त र स्थानीयवासी शोकमा डुबेका हुन। प्रकृतिको शवको हिजै राती अन्तिम संस्कार गरिएको छ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव हिजै दिउँसो ल्याइए पनि राती अन्त्येष्टि गरिएको छ।
भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।
कलेज प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ । तर विद्यार्थीहरूले मृत्यु शङ्कास्पद रहेको भन्दै विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कलेज प्रशासनले बल प्रयोग गरेपछि चौतर्फी विरोध भएको थियो ।