2026-09-18 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

शैक्षीक संस्थामा दुई बिद्यार्थी संगठनद्वारा तालाबन्दी


साउन ११, डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तीकारी र माओवादी केन्द्र निकट बिद्यार्थीले मङगलबार एक सयुंक्त प्रेस विज्ञप्ती जारी गर्दै एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त नभएको उल्लेख गरेको छ ।

गरिब जनताका छोरा छोरीलाई ठगेको आरोप लगाउदै अखिल क्रान्तीकारीले उक्त ट्रेनिङ सेन्टरमा तालाबन्दी समेत गरेको छ । सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त शैक्षीक सस्था हो भन्दै एफसिआई होटल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरले १८ महिने डिप्लोमा कोर्ष पढाउने भन्दै सोझा साझ बिद्यार्थीलाई सपना देखाई ठगी तथा लुटको धन्दा चलाईरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ, अखिल क्रान्तीकारीले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

साथै अखिल क्रान्तीकारीले उक्त शैक्षीक सस्थालाई कडा कार्वाहिको माग गर्दै पिडित बिद्यार्थिलाई क्षतिपुर्ती उपलब्ध गराउन जोडदार माग गरेको छ । साथै क्रन्तीकारीले आफ्नो माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने कुरा समेत बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

 तर उता एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सन्चालक मिलन भाटले भने चन्दा नदिए पछि अखिल क्रान्तीकारीले आफ्नो शैक्षीक सस्थामा तालाबन्दी गरेको आरोप लगाएका छन् ।

 चन्दा नदिए पछि बिद्यार्थीलाई ठगेको आरोप लगाउदै अखिल क्रान्तीकारीले तालाबन्दी गरेको उनले बताएका हुन् । आफु संग प्रमाण भएको र आफुले तिन बर्ष देखी बिद्यार्थीलाई सेवा दिदै आएको सन्चालक भाटले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई